१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार १६:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ट्राफिक प्रहरीको विशेष चेकिङ : ५१  जना कलेजका विधार्थीसहित ३७९ चालक कारबाहीमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १६:५३:oo

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष चेकिङ अभियानअन्तर्गत आज ५४ जना चालक कारबाहीमा परेका छन् । कलेजका विद्यार्थीको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको हो ।

जसमा सवारीचालक अनुमतिपत्र प्राप्त नगरी सवारीसाधन चलाउने  २७ जना, आवश्यक कागजपत्र साथमा नराखी सवारीसाधन चलाउने तीनजना र विविध कसुरमा २१ जना चालक कारबहीमा परेका छन् ।

यस्तै, आज बिहानको नियमित चेकिङमा विविध ट्राफिक नियम उल्लंघन गर्ने पानी ट्यांकरका चालक एक सय सातजना, एम्बुलेन्सका चालक चारजना र  दुई सय १६ जना अन्य सवारीचालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

यस्तै, मदिरा सेवन गरी स्कुलबस चलाउँदै गरेका एकजना गरी तीन सय २८ चालक पनि कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । 

ad
ad