मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ १ बुधबार
  • Saturday, 13 September, 2025
२o७९ भदौ १ बुधबार १४:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टिप्ताला नाका खुलाउन अनुरोध गर्दै पालिकाले लेख्यो प्रशासनलाई पत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ १ बुधबार १४:१८:oo

ताप्लेजुङको हिमाली क्षेत्रका बासिन्दालाई सहज बनाउन चार वर्षदेखि बन्द टिप्ताला नाका खुलाइदिन अनुरोध गर्दै फक्ताङलुङ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएको छ । 

कोभिड– १९ का कारण नाका बन्द रहेकाले  सीमावर्ती क्षेत्र ओलाङचुङगोला, फले, यांमा र घुन्सासहितका बासिन्दाले उत्पादन गरेको सामग्री निर्यात र उपभोग्य वस्तु आयात गर्न नपाएपछि पालिकाले नाका खोलिदिन अनुरोध गरेको पालिकाका अध्यक्ष राजन लाबुङ लिम्बू (मुक्ति)ले बताए । गाउँपालिका अध्यक्ष लिम्बूले सीमावर्ती क्षेत्रका बासिन्दाको मुख्य उत्पादन पशुजन्य पदार्थ, गलैँचा, छुर्पी  र जडीबुडी चीनको स्वशासित क्षेत्र तिब्बतको रिउतर्फ निर्यात हुन नपाएकोले त्यहाँ आर्थिक अवस्था खस्किँदै गएको बताए । 

दैनिक उपभोग्य वस्तु नुन, चामल, तेललगायत सामग्री रिउबाट आयात गर्दै आए पनि चार वर्षदेखि नाका बन्द हुँदा दैनिक जीवनमा नै ठूलो समस्या आएकाले नाका खोल्न सहजीकरण गरिदिन अनुरोध गर्दै फक्ताङलुङ गाउँपालिकाले पत्र पठाएको उनले बताए । 

नाका सञ्चालन नहुँदा सदरमुकाम फुङलिङबाट दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्दा ढुवानी खर्च खरिद गरेको मूल्यको तीन गुणाभन्दा बढी महँगो पर्न जाने अवस्थासमेत गाउँपालिकाले अनुरोध पत्रमा लेखेको छ । चाँडोभन्दा चाँडो नाका खुलाउन सहजीकरण गरी हिमाली क्षेत्रका बासिन्दालाई सहज बनाइदिन पनि पत्रमा उल्लेख गरिएको छ ।