१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १३:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

डलरको मजबुतीको लाभ रेमिट्यान्समा, दबाब आयातमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:o१:oo

०७८ चैतयता अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ लगातार अवमूल्यन भइरहेको छ । चैतमा एक डलर खरिद गर्न एक सय २२ रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेकोमा असारसम्म आइपुग्दा औसतमा एक सय २८ रुपैयाँभन्दा बढी व्यहोर्नुपरेको थियो ।

मंगलबारको विनिमय दरअनुसार अहिले डलरको भाउ १२७.७६ रुपैयाँ रहेको छ । डलरको भाउ बढ्दा यसको मुख्य लाभ नेपालले रेमिट्यान्सबाट पाएको छ । डलरको भाउमा देखिएको बढोत्तरीले असारमै नेपाली मुद्रामा रेमिट्यान्सको आप्रवाह ४.८ प्रतिशतले बढेको छ । जसले गर्दा नेपाली मुद्रामा रेमिट्यान्सको आप्रवाह १० खर्ब नाघेको देखिन्छ । 

डलरको मजबुतीले रेमिट्यान्समा सुधार आए पनि आयातमा भने दबाब पु¥याएको छ । विश्वव्यापी महँगीले आयात बढाइरहेकै समयमा नेपाली मुद्रा अवमूल्यन हुँदा वस्तु आयातमा थप दबाब सिर्जना भएको हो । सरकारले विलासिताका वस्तु आयातमा प्रतिबन्ध र केही वस्तुमा कडाइ गर्दा पनि मासिक आयातमा खासै अन्तर आएको छैन ।

औसतअनुसार नै असारमा पनि एक अर्ब ५७ करोड रुपैयाँको आयात भएको छ । गत वर्ष वस्तु आयातमा २४.७ प्रतिशत बढेको देखिन्छ । आयातमा भइरहेको अनियन्त्रित वृद्धि तथा रेमिट्यान्स पनि उल्लेख्य नबढ्दा देशको आर्थिक स्थायित्वको प्रमुख सूचक शोधनान्तर स्थितिमा सुधार आउन सकेको छैन ।

राष्ट्र बैंकका अनुसार शोधनान्तर घाटा दुई खर्ब ५५ अर्ब छ ।  गत आर्थिक वर्षमा देशले गरेको लगानीभन्दा बचत ज्यादै न्यून रहेको चालू खाताको स्थितिले देखाउँछ । केन्द्रीय बैंकका अनुसार चालू खाता घाटा ६ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी छ । 

ad
ad