१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o५:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

दल दर्ताका लागि ८४ दलको निवेदन : एकै चुनाव चिह्नबाट लड्न १२ दलको चार संयुक्त निवेदन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o५:५५:oo

खर्च विवरण नबुझाउने एक लाख २३ हजार ७८३ उम्मेदवारलाई कारबाही थालियो

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ८४ दलले दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार ८० दलको एकल र एकै चुनाव चिह्नबाट लड्न चार संयुक्त निवेदनसहित ८४ दलको निवेदन परेको छ ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले निवेदनमाथि छानबिन गरी दल दर्ताको मान्यता दिइने बताए । ‘एकै चुनाव चिह्नबाट लड्न चार संयुक्त निवेदनसहित ८४ दलले आयोगमा निवेदन दिएका छन्,’ उनले भने, ‘निवेदनमाथि छानबिन गरी आयोगले दल दर्ताको मान्यता दिनेछ ।’

आयोगले संघीय एवं प्रदेश निर्वाचनमा भाग लिन २२ देखि ३१ साउनसम्म दल दर्ताका लागि आह्वान गरेको थियो । आयोगले प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सातवटा प्रदेशका लागि छुट्टाछुट्टै निवेदन पेस गर्नुपर्ने व्यवस्था गरेको थियो । 

आयोगले दुई वा सोभन्दा बढी दलले एकै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने दललाई समेत दर्ताको आह्वान गरेको थियो । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दुई वा सोभन्दा बढी दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको निवेदन आह्वान गरेको थियो । 

०७४ को प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि ९५ राजनीतिक दलले दर्ताको निवेदन दिएका थिए, जसमध्ये आयोगबाट ९१ राजनीतिक दलले मान्यता पाएका थिए । त्यस्तै, समानुपातिकतर्फ ५५ राजनीतिक दलले निवेदन पेस गरेकोमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ४९ दलले मात्र उम्मेदवारको बन्दसूची पेस गरेका थिए । हाल संसद्मा प्रतिनिधित्व गर्नेमा प्रत्यक्षतर्फबाट नौ दल र एक स्वतन्त्र सांसद रहेका छन् । त्यस्तै, समानुपातिकतर्फ पाँच दलको प्रतिनिधित्व रहेको छ ।

गत वैशाखमा भएको स्थानीय निर्वाचन प्रयोजनका लागि ७९ दल दर्ता भएका थिए । त्यसमध्ये निर्वाचनमा भाग लिएका दल ६५ थिए भने हाल स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलको संख्या २४ छ ।

एकै चुनाव चिह्नबाट लड्न १२ दलको चार संयुक्त निवेदन
एकै चुनाव चिह्नबाट लड्न संयुक्त निवेदन दिने दलमा माओवादीको निर्वाचन चिह्नबाट नेपाल समाजवादी पार्टी, नेपाल आमा पार्टीको निर्वाचन चिह्नमा नेपाल नौलो जनवादी पार्टी र सचेत नेपाली पार्टी, नेपाल कम्युनिस्ट पार्टी राष्ट्रवादीको चिह्नबाट समाजवादी केन्द्र नेपाल र आधुनिक नेपाल समाजवादी पार्टी, सामाजिक एकता पार्टीको चिह्नबाट नेकपा (समाजवादी) र नेपाल दलित पार्टी रहेका छन् । 

०७४को निर्वाचनमा समाजवादी जनता पार्टी र जागरण पार्टी नेपालले माओवादीको निर्वाचन चिह्न, राष्ट्रिय नागरिक पार्टीले राष्ट्रिय शिव सेना पार्टीको निर्वाचन चिह्न र पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टीले आधुनिक नेपाल पार्टीको चिह्नबाट निर्वाचनमा भाग लिएका थिए ।

खर्च विवरण नबुझाउने एक लाख २३ हजार सात सय ८३ उम्मेदवारलाई कारबाही थालियो
आयोगले स्थानीय निर्वाचनको खर्च विवरण नबुझाउने एक लाख २३ हजार सात सय ८३ उम्मेदवारमाथि कारबाही प्रक्रिया थालेको छ । आयोगले तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण पेस नगर्ने उम्मेदवारलाई आयोगले स्पष्टीकरण सोधेको हो । 

आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उनीहरूलाई सफाइसहितको सातदिने स्पष्टीकरण सोधिएको छ । निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ । खर्चको विवरण नबुझाउने एक लाख १५ हजार एक सय ३१ जना र तोकिएको समयावधिभन्दा ढिलो गरी विवरण बुझाउने आठ हजार ६ सय ५२ जनालाई आयोगले स्पष्टीकरण सोधेको हो ।

 

ad
ad