१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ३१ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ३१ मंगलबार o७:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विपक्षी गठबन्धन बनाउन एमाले गृहकार्यमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ३१ मंगलबार o७:५७:oo

पाँचदलीय सत्तागठबन्धनका विरुद्ध आसन्न प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनमा विपक्षी गठबन्धन बनाउन एमालेले गृहकार्य जारी राखेको छ । एमाले अध्यक्ष केपी ओली र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीबीच निर्वाचनमा सहकार्य गर्ने प्रारम्भिक समझदारी भएको छ ।

एमाले अध्यक्ष ओलीनिवास बालकोटमा सोमबार भएको भेटवार्तामा दुई नेताबीच चुनावमा सहकार्यसहित अगाडि बढ्न सकिने प्रारम्भिक समझदारी भएको हो । भेटवार्तामा सँगसँगै जान सकिन्छ भन्ने सामान्य समझदारी भए पनि सहकार्यसँग जोडिएका प्राविधिकलगायतका विषयमा भने विस्तृतमा कुराकानी नभएको त्रिपाठीले जानकारी दिए । 

‘हामीले अघिल्लो निर्वाचनमा पनि वाम गठबन्धनकै हिस्साका रूपमा सँगै चुनाव लडेका थियौँ, त्यसैले अबको चुनावमा पनि सँगसँगै जान सकिन्छ भन्ने सामान्य समझदारी भएको छ,’ त्रिपाठीले नयाँ पत्रिकासँग भने, ‘सहकार्यको प्राविधिक पक्षसहित विस्तृत कुराकानी भने भइसकेको अवस्था होइन ।’ राष्ट्रिय जनता पार्टी छाडेर स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठी र वृजेशकुमार गुप्ताले ०७४ को प्रतिनिधिसभा चुनावमा पनि एमालेको सूर्य चिह्न लिएर चार सिटमा प्रतिस्पर्धा गरी निर्वाचित भएका थिए ।