१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार २o:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

इरानले आणविक वार्ताको ‘अन्तिम’ प्रस्ताव सोमबार बुझाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २o:४८:oo

इरानका विदेशमन्त्रीले सन् २०१५ मा विश्वशक्ति राष्ट्रसँग भएको आणविक सम्झौतालाई पुनर्जीवित गर्ने विषयमा तेहरानले आफ्नो ‘अन्तिम’ प्रस्ताव सोमबार प्रस्तुत गर्ने बताएका छन्। 'अमेरिकी पक्षले इरानबाट आएका दुई मागलाई मौखिक रूपमा स्विकारेको छ,' सरकारी समाचार संस्था आइआरएनएले होसेन अमिर अब्दोल्लाहियानलाई उद्धृत गरी उल्लेख गरेको छ।

इरानले सन् २०१५ मा भएको ऐतिहासिक सम्झौतालाई जोगाउन भियनामा भएको अन्तिम सम्झौतालाई स्वीकार गर्न सक्ने आइआरएनएको समाचारमा शुक्रबार जनाइएको थियो। सन् २०१८ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिका सम्झौताबाट अलग्गिएपछि यो सम्झौता असफल भएको थियो। युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले जुलाई २६ मा पेस गरेको प्रस्तावमा तेहरानको प्रतिक्रियाको पर्खाइमा प्रमुख शक्ति राष्ट्रहरू रहेका छन्।

ad
ad