मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७९ श्रावण ३० सोमबार १६:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

द्वन्द्वकालमा प्रयाेग गरिएकाे ‘चिता’ हेलिकोप्टर विश्वविद्यालयकाे प्रदर्शनीमा

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ श्रावण ३० सोमबार १६:३८:००

नेपाली सेनाले आपतकालीन उद्धार कार्यमा प्रयोग गर्दै आएको ‘चिता’ हेलिकाेप्टर मनमोहन प्राविधिक विश्वविद्यालयमा प्रदर्शनका लागि राखिएको छ । द्वन्द्वकालीन समयमा उद्धार कार्यका लागि भारतले दिएको पुरानो चिता हेलिकोप्टर मोरङको हात्तीमुढामा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालय परिसरमा प्रदर्शनका लागि राखिएको हो । नेपाली सेनाका वायुसेना प्रमख आशिषजंग राणाले प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयमार्फत सो हेलिकोप्टर विश्वविद्यालयका प्रयोगात्मक कक्षाका लागि गत जेठमा प्रदान गरेका हुन् । 

मनमोहन विश्वविद्यालयका उपकुलपति सुभाषश्री पोखरेलका अनुसार उक्त्त  हेलिकोप्टर ल्याएर प्रदर्शनमा राखिएपछि सर्वसाधारण  अवलोकन गर्न आउने क्रम बढेको छ । भिसी पोखरेलका अनुसार मनमोहनमा पुरानो रेलको डब्बा पनि ल्याएर प्रदर्शनका लागि राखिनेछ । संघीयता कार्यान्वयनपछि प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले आगामी शैक्षिक सत्रका लागि भर्ना आवेदन खुल्ला गर्दै छ । साथै चाँडै  मेडिकलतर्फको स्नातक र स्नातकोत्तर कक्षा सञ्चालन गर्ने तयारी पनि  गरिरहेको विश्वविद्यालयले जनाएको छ ।