
कांग्रेस सभापति शेरबहादुर देउवालाई दबाब दिन संस्थापन इतरपक्षले भोलि भ्रातृसंस्थाको भेला बोलाएको छ । भ्रातृसंस्थाको मनोनयनमा बेवास्ता गरेपछि नेतृत्वलाई दबाब दिन भोलि दिउँसो १ बजे बालुवाटारमा भेला बोलाइएको इतरसमूहका नेता जगदीश्वरनरसिंह केसीले बताए ।
नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले नेतृत्व गरेको यो समूहले नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान संघ र आदिवासी जनजाति महासंघको छुट्टै भेला बोलाएको हो । भेलामा संस्थापन इतर नेताहरू सहभागी हुने भेलाको संयोजन गरेका केसीले नयाँ पत्रिकालाई जानकारी दिए ।
सभापति देउवाले यी संस्थामा मनोनयन गर्दा आफूपक्षीयलाई मात्र समेटेको इतरसमूहको आरोप छ । भोलिको भेलाबाट समानान्तर राष्ट्रिय भेला बोलाउने निर्णय गर्ने सो समूहको तयारी छ ।