Skip This
Skip This
निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १२ बुधबार
  • Wednesday, 28 September, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २८ शनिबार १७:०६:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

सोफिया थापाको ‘आवाज’ सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २८ शनिबार १७:०६:००

गायिका सोफिया थापाले ‘आवाज’ बोलको गीत सार्वजनिक गरेकी छिन् । महिला अधिकारको वकालतलाई बल पुग्ने गरी उक्त गीत सार्वजनिक गरेको उनले बताएकी छिन् ।

महिलामाथि हुने अन्याय, शोषण, हिंसा र षड्यन्त्र महिलाले नै महसुस नगरेसम्म परिस्थिति नबदलिने सन्देश उनको गीतले दिएको छ । ‘तिज नजिकिँदै गर्दा यो गीत रिलिज गरेको छु । महिलाले स्वतन्त्रतापूर्वक चाडपर्व मनाउन पनि यथार्थतालाई बदल्न सक्नुपर्छ । म आफ्ना गीतबाट महिलामुक्तिका लागि सधैँ संघर्ष गरिरहेको छु,’ उनले भनिन् । गीतमा हरि लम्सालको संगीत र कवि तथा गीतकार रमेश क्षितिजको शब्द छ ।