मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १२:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

६३ स्थानीय तहले बजेट पेस गरेनन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३७:oo

देशका सात सय ५३ पालिकामध्ये हालसम्म ६३ स्थानीय तहले चालू आर्थिक वर्षको बजेट विवरण पेस गरेका छैनन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बजेट प्रविष्ट गराएपछि चालू आवको कारोबार सुरु भएर भुक्तानी प्रक्रिया सुरु हुनेमा हालसम्म ६३ पालिकाले बजेट विवरण पेस नगरेको मन्त्रालयको स्थानीय तह समन्वय शाखाका प्रमुख रेशम कँडेलले जानकारी दिए।

मन्त्रालयका अनुसार हालसम्म बजेट विवरण प्रविष्ट नगरेका स्थानीय तहमध्ये सबैभन्दा बढी मधेस प्रदेशका ३९ स्थानीय तह छन्। मधेस प्रदेशमा कुल एक सय ३६ वटा पालिका छन्। मन्त्रालयका अनुसार हालसम्म बजेट विवरण प्रविष्ट नगराएका  स्थानीय तहमध्ये प्रदेश १ मा तीन, बागमती प्रदेशमा चार, लुम्बिनीमा १०, कर्णाली प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा चार स्थानीय तह छन्।

गण्डकी प्रदेशका सबै पालिकाले बजेट विवरण प्रविष्ट गराइसकेका छन्। उक्त मन्त्रालयले बजेट प्रविष्ट गराएका स्थानीय तहलाई चाँडै शीर्षकअनुसार मन्त्रालयको बजेट विवरण प्रविष्ट गर्न निर्देशन गरिसकिएको प्रवक्ता एवं सहसचिव वसन्त अधिकारीले जानकारी दिए। नियमत स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा (६)मा नगर–गाउँसभाले असार मसान्तसम्म आगामी चालू आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ। स्थानीय तहको सभाबाट आर्थिक वर्ष ०७९/८० को बजेट पारित भएको विवरण अनिवार्य रूपमा उक्त मन्त्रालयको पोर्टलमा प्रविष्ट गर्न बाँकी रहेका पालिकालाई पत्राचार गरिसकिएको हो। रासस