मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format ११:१४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रोनाल्डो धेरै गाली खाने फुटबल खेलाडी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:१४:oo

खेलाडीले राम्रो प्रदर्शन गरेका वेला समर्थकबाट वाहवाही पाउँछन् भने मैदानमा खराब प्रदर्शन गर्दा खेलाडीलाई समर्थकले चर्को गालीगलौज गर्छन् । खेल क्षेत्रमा यस्ता घटना प्रायः सामान्य नै मानिन्छ । विश्व खेलकुदमा सबैभन्दा धेरै गाली खाने को होला ? सबैभन्दा धेरै गाली खाने खेलाडीमा म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो हुन् । गएको ६ महिनामा इंग्लिस प्रिमियरसिप लिगमा समर्थकले धेरै गाली रोनाल्डोमाथि गरेका छन् । रमाइलो पक्ष के छ भने प्रिमियरसिपका समर्थकले ७५ प्रतिशत गालीगलौज खेलाडीमाथि गरेका छन् । 

इंग्लिस प्रिमियरसिप लिगले पछिल्लो ६ महिना खेलाडी र समर्थकबीचको सम्बन्धबारे अनुसन्धान गरेको छ । सो अनुसन्धानमा रोनाल्डो गाली खाने खेलाडीको सूचीको शीर्ष स्थानमा छन् । रोनाल्डोबाहेक प्रिमियर लिगमा थप ६ जना विदेशीले धेरै खालीको सामना गरेका छन् । इंग्लिस प्रिमियर लिग र एलान ट्युरिङ संस्थाले सन् २०२२ मा ६ महिनाको अध्ययन गरेका हुन् । दुवै संस्थाले खेलाडीको सोसल पोस्ट गरेको अध्ययन गरेका हुन् । संस्थाले ६० हजार पोस्टमा समर्थकले खेलाडीलाई राम्रो भन्दा पनि गालीगलौज गरेको जनाएका छन् । 

‘हाम्रो अनुसन्धानमा ६० हजारमाथि पोस्ट गर्ने खेलाडीलाई मात्र गाली गरेको पायौँ,’ एलान ट्युरिङले उल्लेख गरेको छ, ‘जसमध्ये धेरै गाली रोनाल्डोमाथि भएको पायौँ ।’ म्यानचेस्टरबाट खेल्ने पहिलो ११ मध्ये आठ खेलाडीले समर्थकबाट धेरै गाली पाएका छन् । ‘सोसल मिडियामा समर्थकले आफ्ना खेलाडीमाथि राम्रा र नराम्रा कमेन्ट्स गरेका छन्,’ एलान ट्युनिङले भनेको छ, ‘फुटबल कल्चरमा यो राम्रो होइन ।’ 

रोनाल्डोको हरेक पोस्टमा नराम्रो कमेन्ट्स मात्र आउने एलान ट्युनिङले जनाएको छ । ‘रोनाल्डोको हरेक पोस्टमा केवल गालीबाहेक केही पनि देखिँदैन,’ अध्ययनमा भनिएको छ, ‘रोनाल्डो म्यानचेस्टर युनाइटेडमा फर्किँदा जति धेरै समर्थकले खुसी मनाएका थिए, त्यसभन्दा दोब्बर म्यानचेस्टरका समर्थकले गाली गरेका थिए ।’ रोनाल्डो म्यानचेस्टर युनाइटेडमा दोस्रोपटक अनुबन्धन भएको दिनमा एक लाख ८८ हजार सात सय ६९ कमेन्ट्स आएका थिए । यी कमेन्ट्समध्ये तीन हजार नौ सय ६१ पोस्टमा निकै आपत्तिजनक शब्द प्रयोग भएका थिए । रोनाल्डोले सोसल मिडियामा जति धेरै गालीको सामना गरे पनि उनले यसबाट करोडौँ रुपैयाँ कमाउँछन् । प्रतिसोसल पोस्टबाट उनले ३२ करोड रुपैयाँ आर्जन गर्छन् ।