राजापाक्षलाई अस्थायी बसोबासको लागि थाइल्यान्डले अनुमति दिने

बिहिबार, २६ साउन, २०७९
डिजिटल संस्करण

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षलाई थाइल्यान्डले कुनै समस्या नपुर्याउने सर्तमा अर्को देशमा स्थायी शरण खोज्न अस्थायी रूपमा थाइल्यान्डमा बस्न अनुमति दिएको छ। 'श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्यान्डमा स्थायी शरण खोज्न अस्थायी रूपमा बस्नेछन्,' थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले भने।

कोलम्बो गजेट र थाइल्यान्ड सञ्चारमाध्यमले चान–ओ–चालाई उद्धृत गरी लेखेको छ, 'यो मानवीय मुद्दा हो । हामीले यो अस्थायी बसाइ हो भनेर प्रतिज्ञा गरेका छौँ । कुनै पनि राजनीतिक गतिविधिलाई अनुमति दिइएको छैन र यसले उनलाई शरण लिनको लागि एक देश खोज्न मद्दत गर्दछ।'

थाइल्यान्डका विदेशमन्त्री डन प्रमुदविनाईले अपदस्थ राष्ट्रपति अझै पनि कूटनीतिक राहदानीधारी भएकाले ९० दिन थाइल्यान्डमा बस्न सक्ने बताएका छन्। 

सुझावित समाचार