१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २५ बुधबार
  • Monday, 30 June, 2025
एजेन्सी एजेन्सी
२o७९ श्रावण २५ बुधबार २३:o९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकामा ९९ प्रतिशत मंकिपक्सको संक्रमण पुरुषमा

Read Time : < 1 मिनेट
एजेन्सी, एजेन्सी
नयाँ पत्रिका
२o७९ श्रावण २५ बुधबार २३:o९:oo

अमेरिकामा देखिएका मंकिपक्सका संक्रमितहरूमध्ये ९९ प्रतिशत संक्रमित पुरुष रहेका एक अध्ययनले देखाएको छ । अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले हालै गरेको एक अध्ययनमा सो तथ्य भेटिएको बताइएको छ ।
यही अगस्ट ५ मा सार्वजनिक गरिएको सो रिपोर्टमा उक्त कुरा देखिएको हो । सो अनुसन्धान रिपोर्टमा देखाइएअनुसार यसरी पाइएका ९९ प्रतिशत मंकिपक्सका संक्रमितमा पनि पुरुषबाट पुरुषमा नै सरेका पाइएको समाचारमा उल्लेख गरिएको छ । 

अमेरिकामा देखिएको यो भाइरसको मे १७ देखि जुलाई २२ सम्म गरिएको अनुसन्धानमा यो तथ्य भेटिएको हो । अमेरिकामा पछिल्लो समयमा मंकिपक्सका संक्रमित भेटिने क्रम बढ्दो रहेको छ । अहिले विश्वका दर्जनौँ देशमा यो संक्रमण भेटिएको छ र ती देशमध्ये सबैभन्दा बढी अमेरिकामा नै यसको संक्रमण बढ्दो छ ।

पछिल्लो तथ्यांकअनुसार अमेरिकामा मात्र मंकिपक्सका आठ हजार नौ सयभन्दा बढीमा यो संक्रमण भेटिएको पाइएको छ ।