१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार २o:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार

नागरिकतामा अपमानित नाम राख्ने व्यक्तिलाई कारबाही हुनुपर्छ : आयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २o:५९:oo

राष्ट्रिय दलित आयोगले दलित समुदायका व्यक्तिहरूको नागरिकताको नाममा भएको अपमान तथा भेदभावप्रति आपत्ति जनाएको छ । दलित समुदायका केही व्यक्तिलाई नागरिकता वितरण भर्दा ‘कुकुर कामी’, ‘कुकुर्नी कामी’,  ‘कुत्ता कामी’ जस्ता नाम लेखेर  दलितलाई अपमान गरेको भन्दै आयोगले आपत्ति जनाएको हो । 

बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा आयोगका अध्यक्ष देवराज विश्वकर्माले नागरिकतामा देखिएको विभेदले नागरिकता लिने व्यक्तिलाई मात्र नभएर त्यसको असर तिनका पुस्तौँपुस्तासम्म पर्ने बताए । ‘नागरिकतामा अपमानजनक शब्द राख्नु राम्रो होइन,’ उनले भने । आयोगले नागरिकतामा राखिएको थर सच्चाउनका लागि संशोधनको कुरा उठाउँदै आएको उनको भनाइ छ । 

कार्यक्रममा सांसद अञ्जना बिसंखे, भुवन सुनार, सामाजिक अभियन्ता प्रदीप परियारलगायतले दलितका मुद्दामा राज्य गम्भीर हुनुपर्ने बताए ।  रासस

ad
ad