मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भक्तपुरको मनोहरा सुकुमबासी बस्तीका करिब आठ सय घर डुबानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:१८:oo

गएराति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुमबासी बस्ती डुबानमा परेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्‍याएको छ । मध्यराति १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका– १ मनोहरा खोलाको किनारामा रहेका सुकुमबासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको रातिदेखि नै उद्धारमा खटिएका बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष श्रीभक्त कासिछपाले जानकारी दिए।

उनले भने, ‘राति १२ बजे बागमती प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठले सुकुमबासी बस्ती डुबानमा परेको जानकारी दिएपछि  हाम्रो टोली रातिदेखि नै बस्तीमा पसेर उद्धारमा खटियाे, दुईवटा डोजर ल्याएर पर्खाल भत्काएर पानी बाहिर पठाउने र बस्तीको बासिन्दाको बिहानसम्म हामी उद्धारमै खटिएका छौँ ।’

चाँगुनारायण उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका कासिछपाले मध्यराति बस्तीमा ज्यान जोगाउन भागाभाग मच्चिएको बताउँदै कोही अरनिको राजमार्गको सडकमा आइपुगेका र कोही घरको छतमा बसिरहेको जानकारी दिए।

राति नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पनि उद्धारमा खटिएका थिए ।सुकुमबासी बस्ती डुबानमा पर्दा घरभित्रका लत्ताकपडा, खाद्यान्न र अन्य सामान नष्ट भएका छन् ।  बस्तीभित्रका बालबालिका र ज्येष्ठ नागरिक बढी मारमा परेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु पाण्डेले मध्यपुरथिमि नगरपालिका– १ र २ का मनहरा नदीको सुकुमबासी बस्तीमा भएको डुबानमा क्षतिको विवरण संकलन कार्य भइरहेको बताए । उनले बस्तीमा लत्ताकपडा, खाद्यान्न र अन्य सामानमा क्षति पुगेको, पशु चौपाया बगाएको, तर मानवीय क्षति भने नभएको जानकारी दिए ।  रासस