१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २५ बुधबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २५ बुधबार o६:११:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लोकहित डेन्टल हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २५ बुधबार o६:११:oo

प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रालिबीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका डिजिटल सेल्स विभाग प्रमुख भेषराज धमला र डेन्टल हस्पिटलका अध्यक्ष डा. गणेश साहले हस्ताक्षर गरेका छन् ।

 सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले लोकहित डेन्टल हस्पिटलको सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने जनाइएको छ । यदि बिल रकम पाँच सय रुपैयाँभन्दा कम भएमा भने छुट प्राप्त नहुने बैंकले जनाएको छ ।

सम्झौताअन्तर्गत लोकहित डेन्टल हस्पिटलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले उक्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा मात्र छुट प्राप्त हुने उल्लेख छ । सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने बैंकले विश्वास व्यक्त गरेको छ ।