मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३५:oo

नेपाली कांग्रेसले देशभरका स्थानीय तहका जनप्रतिनिधिहरूलाई अभिमुखीकरण तालिम दिने भएको छ। उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले साउन ३० र ३१ गते पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा स्थानीय तहका प्रमुख र उपप्रमुखलाई पार्टी कार्यालयमा प्रशिक्षित गर्न लागिएको हो। कार्यक्रममा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यता रहने बताइएको छ।