मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:२४:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

यस्ता छन् एसइईपछि अध्ययनका अवसर 

एसइई पछिको यात्रा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:२४:oo

एसइईपछि कुन शैक्षिक संस्थामा के पढ्ने भन्ने विद्यार्थीमा धेरै विकल्प छन् । देशभित्रैका साधारण धारदेखि प्राविधिक र देशबाहिरका कोर्स पनि एसइईपछि उपलब्ध छन् । तर, अहिलेसम्म अधिकांश विद्यार्थीको रोजाइ कक्षा ११ र १२ बनेको छ । रुचि र नतिजाले विद्यार्थीको गन्तव्य निर्धारण गर्न सक्ने अवस्था छ । 

कक्षा ११ मा साधारण र प्राविधिक विषय
शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले तयार गरेको पाठ्यक्रम पढाउने कक्षा ११ र १२ एसइईपछिको धेरै विद्यार्थीको विकल्प हो । सामुदायिकदेखि निजी विद्यालयमा कक्षा ११ र १२ सञ्चालन भएका छन् । एसइईमा सहभागी भएकादेखि उच्च जिपिए ल्याउनेसम्मका विद्यार्थीका लागि विकल्प छन् । क्षमताअनुसार विषय छनोट गर्न पाउने अवसरसमेत छ । कक्षा १० पछि साधारण विषयदेखि विज्ञान समूह तथा प्राविधिक विषय छनोट गर्न पाउने अवसर छ । ११ कक्षामा सिभिल इन्जिनियरिङ, इलेक्ट्रोनिक, कम्प्युटर इन्जिनियरिङ, कृषि विज्ञान र पशु विज्ञान विषयमा पठनपाठन भइरहेको छ । साधारणतर्फ पनि केही विषयमा विद्यार्थीको आकर्षण धेरै छ । 

केही सामुदायिक विद्यालयमा सिटिइभिटीको डिप्लोमा कार्यक्रमसमेत सञ्चालन भइरहेका छन् । शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका अनुसार देशभरमा माध्यमिक तह (कक्षा ९–१२) अध्यापन गराउने संस्था चार हजार तीन सय १० छन् । कक्षा ११ मा संकायगत भर्ना हुँदैन, तर व्यवस्थापनसँग नजिकका विषय अध्ययन गर्नेक्रम बढ्दो छ । कानुन नयाँ विषय भएकाले यसमा पनि विद्यार्थी संख्या बढ्दै छ । 

सिटिइभिटीका प्राविधिक कार्यक्रम
एसइई दिएका विद्यार्थीका लागि अर्को उपयुक्त विकल्प प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले सञ्चालन गरेका कार्यक्रम हुन् । सिटिइभिटीले प्राविधिक एसएलसी तथा डिप्लोमा तहका कार्यक्रम सञ्चालन गरेको छ । 

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार व्यावहारिक विषयमा विद्यार्थीको आकर्षण बढी छ । जुनसुकै क्षेत्रमा जान सहज हुने भएकाले धेरैको चाहना साइन्समा छ । तर, चाहेर पनि साइन्समा सबै सफल हुन नसक्ने र सीमित कोटा भएकाले अन्य स्ट्रिममा आकर्षित हुने गरेका छन् । कम्प्युटर, बिजनेस स्टडिज, होटेल म्यानेजमेन्ट, अंग्रेजी, मास कम्युनिकेसन, ट्राभल एन्ड टुरिजम, इकोनोमिक्स क्षेत्रमा विद्यार्थीको आकर्षण राम्रो छ । अहिले कानुनमा समेत विद्यार्थी संख्या बढ्दो छ । 

सिटिइभिटीको पछिल्लो वार्षिक प्रतिवेदनअनुसार देशभरमा निजीमा चार सय २९, सिटिइभिटीका आंगिक ६३, सामुदायिक विद्यालयमा प्राविधिक कार्यक्रम पाँच सय ७२ र साझेदारी मोडेलमा ४२ संस्थामा गरी कुल एक हजार एक सय ६ शिक्षालयमा सिटिइभिटीका कार्यक्रम सञ्चालित छन् । 

एसइर्ईपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)मा डिप्लोमा तह राम्रो विकल्प बनेको छ । सिटिइभिटीमा ७४ हजार ६ सय भर्ना क्षमता छ । सिटिइभिटिका प्रवक्ता विनोद बडालका अनुसार डिप्लोमा तर्फ स्वास्थ्यतर्फ नर्सिङ, फार्मेसी र एचएमा विद्यार्थीको धेरै आकर्षण छ । त्यसैगरी, इन्जिनियरिङतर्फ सिभिलमा धेरै आकर्षण छ । 

एसइर्ईमा न्युन ग्रेड आएका विद्यार्थीलाई प्राविधिक एसइईमा अवसर छ । प्राविधिक एसइईमा ल्याब असिस्टेन्ट, सिएमए, अनमी, आयुर्वेद, अमिन, इलेक्ट्रिकल सबओभरसियर, सिभिल सबओभरसियर, भेटेरिनरी जेटिए, कृषि जेटिए, उद्यमशीलता विकास, टिएसएलसी इन कम्प्युटर इन्जिनियरिङ, अटोमेकानिक, मेकानिकल, कुलिनरी आर्ट, सोसियल मोबिलाइजेसन अध्ययन गर्न सक्ने व्यवस्था छ । 

ए­ लेभल पनि विकल्प
नेपाली विद्यार्थीका लागि ए लेभल पनि उपयुक्त विकल्प हो । तर, यो कार्यक्रम अध्ययन गर्ने नेपाली विद्यार्थी संख्या भने कम छ । आर्थिक अवस्था राम्रो हुने र विदेशी कोर्स चाहने विद्यार्थीले कक्षा १० पछि ए लेभललाई रोज्ने गरेका छन् । अहिले तीन दर्जनभन्दा बढी संस्थाले ए लेभल कार्यक्रम सञ्चालनको स्वीकृति पाएका छन् । सरकारले विद्यालय शिक्षाको संचरना परिवर्तन गरेपछि ए लेभलसमेत कक्षा ११ र १२ सरह भएकाले विद्यालय शिक्षाभित्रै परेको छ । 

एसइईपछि अधिकांश विद्यार्थीले नेपालकै
कार्यक्रम कक्षा ११ र १२ अध्ययन गर्छन् । अन्तर्राष्ट्रिय कोर्स पढ्न चाहने विद्यार्थीका लागि बेलायतको विश्वप्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालयको ए लेभल राम्रो विकल्प बनेको छ । विश्वविद्यालयको जनरल सर्टिफिकेट अफ एजुकेसन (जिसिई) कार्यक्रमअन्तर्गत सञ्चालन हुने दुईवर्षे शैक्षिक कार्यक्रम हो । समग्र कार्यक्रमलाई ए लेभल भनिए पनि पहिलो वर्षको कार्यक्रमलाई एएस र दोस्रो वर्षलाई ए लेभल भन्नेसमेत गरिन्छ । दुई वर्ष पढेपछि मात्र ए लेभल पूरा भएको मानिन्छ । एक वर्ष पढेमा एड्भान्स सब्सिडरी (एएस) लेभल भनिन्छ । कुनै चारवटा विषयमा परीक्षा उत्तीर्ण गरेपछि ए लेभल पूरा हुन्छ । विद्यार्थीले चाहेमा थप विषयमा समेत परीक्षा दिन पाउने व्यवस्था छ । यसको शिक्षण विधि नै फरक हुन्छ, विद्यार्थीले दुई वर्षभित्रमा परीक्षा पास गरे पनि हुन्छ । धेरै क्षमता भएका विद्यार्थीले ६ महिनामै परीक्षा दिनपनि सक्छन् ।