१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भारतका मनोज प्रभाकर । तस्बिर : क्यान
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २३ सोमबार १९:२३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाली क्रिकेट टिमको कमान्ड भारतीय पूर्वअलराउन्डर प्रभाकरको हातमा

भारतका लागि ३९ टेस्ट र १३० एक दिवसीय म्याच खेलेका प्रभाकर प्रशिक्षकमा समेत अब्बल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २३ सोमबार १९:२३:००

नेपाल क्रिकेट एसोसियसन (क्यान) ले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकरलाई नियुक्त गरेको छ । क्यानले सोमबार प्रभाकरलाई नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । 
क्यानले सामाजिक सञ्जालमार्फत मुख्य प्रशिक्षक नियुक्त गरिएको सार्वजनिक गरेको हो । क्यानले दिएको जानकारीअनुसार प्रभाकर भारतका पूर्वअलराउन्डर क्रिकेटर हुन् । उनले भारतका लागि ३९ टेस्ट र १३० एक दिवसीय म्याच खेलेका छन् । 
‘भारतका पूर्वस्टार क्रिकेट, अलराउन्डर, रनजी ट्रफी विजेता प्रशिक्षक भारतीय मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ,’ क्यानले भनेको छ, ‘उनले भारतका लागि ३९ टेस्ट र १३० एक दिवसीय म्याच खेलेका छन् । प्रशिक्षकका रूपमा समेत उनी अनुभवी छन् ।’ 
क्यानका अनुसार यसअघि उनी अफगानिस्तान क्रिकेट टिमका प्रशिक्षक थिए भने रणजी ट्रफीमा उनले दिल्ली, राजस्थान र उत्तर प्रदेशका क्रिकेट टिममा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । गत ४ साउनमा तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि क्यान अर्को मुख्य प्रशिक्षकको खोजीमा थियो ।