नेपाल क्रिकेट एसोसियसन (क्यान) ले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकरलाई नियुक्त गरेको छ । क्यानले सोमबार प्रभाकरलाई नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
क्यानले सामाजिक सञ्जालमार्फत मुख्य प्रशिक्षक नियुक्त गरिएको सार्वजनिक गरेको हो । क्यानले दिएको जानकारीअनुसार प्रभाकर भारतका पूर्वअलराउन्डर क्रिकेटर हुन् । उनले भारतका लागि ३९ टेस्ट र १३० एक दिवसीय म्याच खेलेका छन् ।
‘भारतका पूर्वस्टार क्रिकेट, अलराउन्डर, रनजी ट्रफी विजेता प्रशिक्षक भारतीय मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ,’ क्यानले भनेको छ, ‘उनले भारतका लागि ३९ टेस्ट र १३० एक दिवसीय म्याच खेलेका छन् । प्रशिक्षकका रूपमा समेत उनी अनुभवी छन् ।’
क्यानका अनुसार यसअघि उनी अफगानिस्तान क्रिकेट टिमका प्रशिक्षक थिए भने रणजी ट्रफीमा उनले दिल्ली, राजस्थान र उत्तर प्रदेशका क्रिकेट टिममा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । गत ४ साउनमा तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि क्यान अर्को मुख्य प्रशिक्षकको खोजीमा थियो ।
नेपाली क्रिकेट टिमको कमान्ड भारतीय पूर्वअलराउन्डर प्रभाकरको हातमा
सुझावित समाचार
लोटो स्पोर्ट बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर
नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले लोटो स्पोर्टलाई आफ्नो आधिकारिक अपरेल पार्टनरका रूपमा अन…
सुदूरपश्चिमले सार्वजनिक गर्यो ‘अपी एडिसन’ जर्सी
काठमाडौं/नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपी हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेक…
फिफा प्रतिबन्धको जोखिममा अफ्रिकी राष्ट्र बुर्किना फासो
बुर्किना फासोकोका राष्ट्रपति इब्राहिम ट्राओरेले राष्ट्रिय फुटबल महासंघलाई कारबाही गर्ने चेतावनी दिएपछि फिफाले तेस्रो पक्षको हस्तक्षेप नमान्ने जनाएको छ
दर्शकका कारण ला लिगाको खेल रद्द
स्पेनिस क्लब रायो भाल्कानोका समर्थकका अभद्र व्यवहारका कारण शनिबार राति एथलेटिको क्लबविरुद्धको खेल रद्द भएको छ । घरेलु समर्थकले मै…
वेस्ट इन्डिजविरुद्ध भारत १४ रनले विजयी
एजेन्सी/ भारतले तेस्रो टी–२० आईमा पाहुना टोली वेस्ट इन्डिजलाई १४ रनले हराएको छ । इन्डोरमा आइतबार भएको खेलमा पहिलो ब्याट…
आइसिसी क्रिकेट विश्वकप लिग २ : रोहितको शतकमा नेपालको सानदार जित
क्यानडालाई २४ रनले हराउँदा पूर्वकप्तान रोहितकुमार पौडेलले एकदिवसीय करिअरमा तेस्रो शतकीय इनिङ्सका रूपमा १०१ रनको योगदान दिए । जितसँगै नेपाल अंक तालिकाको छैटौँ स्थानमा उक्लियो ।