१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २३ सोमबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण २३ सोमबार १८:४७:oo
Read Time : < 1 मिनेट
समाचार

गठबन्धनको सिट बाँडफाँड कार्यदल संयोजकमा सिटौला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण २३ सोमबार १८:४७:oo

आगामी निर्वाचनमा पाँचदलीय गठबन्धनभित्र सिट बाँडफाँडका लागि गठन गरिएको कार्यदलको पहिलो बैठकले नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलालाई कार्यदलको संयोजक तोकेको छ । सोमबार बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘बैठकले कार्यदलको संयोजन गर्ने जिम्मा नेता कृष्ण सिटौलालाई तोकेको छ। आजको बैठक सकारात्मक रूपमा अगाडि बढेको छ। कार्यदलले मुख्य रूपमा सिट बाँडफाँडबारे छलफल गरेर प्रतिवेदन तयार गरी शीर्षस्थ तहमा बुझाउने म्यान्डेट पाएको छ,’ उनले भने । 

उनका अनुसार आजको बैठकमा कार्यदलका सदस्यहरूले आ–आफ्ना दलभित्र सिट बाँडफाँडलाई लिएर भएका छलफलबारे बैठकमा जानकारी गराएका थिए । त्यसैगरी, उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि गठबन्धनमा ल्याउनेबारे शीर्षस्थ तहमा छलफल भइरहेको बताए। कार्यदलको अर्को बैठक २६ साउनका लागि बोलाइएको छ ।