मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
शिल्पा कर्ण काठमाडौं
Invalid date format १७:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

न्यायाधीशबाट शाहलाई बर्खास्त गर्ने निर्णयको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५१:oo

सर्वोच्च अदालतले उच्च अदालतकी न्यायाधीश रेणुका शाहलाई बर्खास्त गर्ने निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको छ । 
उच्च अदालतको न्यायाधीशबाट बर्खास्तमा परेपछि कानुनी उपचारका लागि शाहले सर्वोच्चमा रिट दिएकी थिइन् । त्यसमाथि आज सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासको फाइल झिकाउने आदेश दिएको हो । सर्वोच्चले शाहलाई नियुक्ति गर्दा र हटाउँदाको सम्बन्धमा भएका निर्णयसम्बन्धी सक्कल फाइल तथा शाहको व्यक्तिगत फाइल झिकाएको हो । 
आदेशमा भनिएको छ, ‘निवेदिका रेणुका शाहलाई उच्च अदालतको न्यायाधीश पदमा नियुक्तिको लागि मिति २०७५-१२-१९ मा रि निजलाई सो पदबाट हटाउने सम्बन्धमा मिति २०७९-३-२४ मा न्यायपरिषदबाट गरिएको सिफारिस निर्णयसम्बन्धी सक्कल फायल तथा निजको व्यक्तिगत फायल न्यायपरिषद् सचिवालयबाट पेसीका दिन इजलाससमक्ष देखाई फिर्ता लैजाने गरी झिकाउने ।’
पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाहकी छोरी रेणु १९ चैत ०७५ मा उच्च अदालतमा न्यायाधीश नियुक्त भएकी थिइन् । योग्यता नै नपुगी नियुक्ति लिएको ठहर गर्दै परिषद्ले गत २४ असारमा उनलाई पदबाट हटाउन सिफारिस गरेको थियो ।
सो निर्णयविरुद्ध अदालत गएकी शाहले आफूलाई गलत ढंगले र गैरकानुनी रूपमा पदबाट बर्खास्त गरिएको दाबी गरेकी छिन् । सिटिइभिटीमा २० वर्ष कार्यरत रहँदा कानुन र न्यायसँग सम्बन्धित काम नगरेको तथा त्यो अवधिमा वकालत गरेका कुनै प्रमाण पनि पेस गर्न नसकेकाले आफ्नो अयोग्यता लुकाएको ठहर गर्दै न्यायपरिषद्ले बर्खास्त गर्न सिफारिस गरेको थियो ।