मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format ११:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपा अध्यक्ष यादव र लोसपा अध्यक्ष ठाकुरसँग सिके राउतको भेटवार्ता, गठबन्धनका विषयमा छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:१o:oo

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसवादी दलका नेताहरूसँग छलफल थालेका छन् । डा. राउतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरसँग भेटघाट गरेका छन्।

नेताद्वय यादव र ठाकुरसँग छुट्टाछुट्टै भएको भेटघाटको तस्बिर राउतको सचिवालयले आइतबार सार्वजनिक गरेको छ। उक्त भेटमा चुनावमा एउटा गठबन्धन बनाएर जानुपर्ने र मधेसका मागमा साझा धारणा बनाउनुपर्नेलगायतका विषयमा छलफल भएको बैठकमा सहभागी जनमत पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिएका छन्।

जसपा अध्यक्ष यादवसँगको भेटमा राउतले आफूलाई सप्तरी क्षेत्र नम्बर २ मा सहयोग गर्न र अन्य क्षेत्र रोज्न आग्रह गरेका थिए। उनको प्रस्तावमा यादव सकारात्मक रहेको बताइएको छ। ‘राजनीतिमा समर्थन, विरोध र सहकार्य अपरिहार्य हुन्छ,’ महासचिव सिंहले भने, ‘यसलाई व्यक्तिगत रूपमा लक्षित गर्नु उपयुक्त र परिपक्व हुँदैन।’ 

यता रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसहित अन्य दलहरूसँग पनि जनमत पार्टीले संवाद जारी राखेको छ। ठुल्ठूला दलहरूको गठबन्धन गर्ने निर्णय गरिसकेकाले जनमत पार्टी कसैसँग कुनै सहकार्य नै नगरी एक्लै चुनावमा जानु स्थानीय निर्वाचनमा जस्तै आत्मघाती हुन सक्ने भन्दै जिल्ला निर्वाचन क्षेत्रअनुसार समझदारी र सहकार्य हुन सक्ने  डा. राउतको सचिवालयले सामाजिक सञ्जालमार्फत उल्लेख गरेको छ।