१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख ३१ सोमबार २१:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रणबारे नेपाल र भारतका सुरक्षा अधिकारीबीच छलफल 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २१:o६:oo

नेपाल र भारतकाको सीमावर्ती क्षेत्रमा हुने अपराध तथा तस्करी नियन्त्रणमा थप कडाइ गर्ने दुवै देशका सुरक्षा अधिकारीहरूले संयुक्त निर्णय गरेका छन् । शनिबार जनकपुरधाममा भएको दुई देशका सुरक्षा अधिकारीहरूको बैठकमा सीमावर्ती क्षेत्रमा हुने हत्या हिंसा, लागुऔषध कारोबार, तस्करी तथा दशगजामा रहेका जीर्ण तथा भत्केका सीमास्तम्भहरूको पुनर्निर्माण गर्ने विषयमा छलफल भएको छ । 

बैठकमा सहभागी धनुषा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार वर्षायाममा बाढीले दुवैका सीमा वरिपरिका गाउँहरूमा हुने क्षतिको विषयमा समेत बैठकमा छलफल भएको छ । ‘कुनै खास उद्देश्यले नभई नियमित रूपमा हुँदै आएको दुई देशका सुरक्षा अधिकारीहरूको बैठक बसेको हो,’ सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भने, ‘सीमावर्ती क्षेत्रको शान्ति सुरक्षा, तस्करी, लागुऔषध जस्ता विकृति दुवै देशको हितविपरीत रहेकोले यी समस्यालाई थप नियन्त्रण कसरी गर्ने विषयमा छलफल भएको हो ।’
बैठकमा नेपाली पक्षको नेतृत्व धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गरेका थिए भने भारतीय पक्षको नेतृत्व मधुबन्नीका डी एम अरविन्द कुमार बर्माले गरेका थिए ।  बैठकमा धनुषा, महोत्तरी, सिराहा तथा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरूको सहभागिता थियो। त्यसैगरी, भारतीय पक्षबाट मधुबन्नी जिल्लाका प्रहरी प्रमुख तथा अन्य सरकारी निकायका अधिकारीहरूको सहभागिता रहेको थियो । 
 

ad
ad