१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १८:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचनमा होमियो आयोग, आइतबारबाट दल दर्ता गर्न आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १८:२६:oo

निर्वाचन आयोगले आइतबारबाट दल दर्ताको सूचना प्रकाशित गरेको छ। आयोगले शुक्रबार सूचना निकालेर मंसिर ४ गते हुने निर्वाचनमा भाग लिनका लागि साउन २२ देखि साउन ३१ सम्म दल दर्ताको लागि आह्वान गरेको हो।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार यसरी दल दर्ताको लागि निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा ७ वटा प्रदेशको लागि छुट्टाछुट्टै निवेदन पेस गर्नुपर्नेछ। दल दर्ताको लागि दलले दलको विवरण, केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचनको मिति उल्लेख गर्नुपर्नेछ।

आयोगले दल दर्ताका लागि सार्वजनिक बिदाको दिनमा समेत आयोगको कार्यालय खुला रहने जानकारी दिएको छ।