मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
Invalid date format १६:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सधैँ मलको हाहाकार, पाँच किलो मल पाउन घन्टौँ लाइन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१o:oo

शुक्रबार बिहान चितवनको गीतानगर बजारनजिकै किसानहरू हातमा खाली बोरा र नागरिकता लिएर लाइन बसेका देखिन्थे। सहकारी बिहान १० बजे खुल्ने भए पनि मलको आसमा किसानहरू बिहान साढे ३ बजेदेखि नै लाइन लागेका थिए।

मलका लागि भिड बढेपछि भरतपुर– ६ मा रहेको सर्वोदय बहुउद्देश्यीय सहकारी संस्थाले कुपनका आधारमा पाँच–पाँच केजीका दरले मल वितरण गर्न सुरु गर्‍याे। पहिलो सयजनाले पाँच केजीका दरले मल पाए पनि बाँकी किसान रित्तै फर्किए। 

उक्त सहकारी संस्थामा देखिएको यो दृश्यले चितवनका अधिकांश मल बिक्री केन्द्रको अवस्था झल्काउँछ। धान रोप्ने वेलामा डिएपी मलका लागि सास्ती भोगेका किसानले अहिले धान गोडेपछि हाल्ने युरिया मलका लागि पनि उस्तै हैरानी भोगिरहेका छन्। घन्टौँ लाइन बसेपछि सीमित व्यक्तिले थोरै मल पाए पनि अधिकांश रित्तो हात फर्किन बाध्य छन्।

सहकारीमा थोरै मात्र मल आएको र धेरै किसानलाई वितरण गर्नुपर्ने भएकाले पाँच केजीको दरले बाँडिएको सर्वोदय बहुउद्देश्यीय सहकारीका अध्यक्ष प्रेमराज कोइरालाको भनाइ छ। 

यता भरतपुर– २१ को ओमश्री कृषि सहकारी संस्थाले शुक्रबार मल वितरण नै गर्न सकेन। १३ सयभन्दा बढी सेयर सदस्य रहेको यस सहकारीले मल लिन आउने किसानको भिड बढेपछि मल वितरण गर्न नसकेको हो। तीन महिनापछि सहकारीमा १० बोरा मल आएको संस्थाकी व्यवस्थापक मुना धितालले जानकारी दिइन्। मागभन्दा ज्यादै कम मल आएपछि तत्काल मल वितरण गर्न नसकेको उनले बताइन्।