१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १२:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्छ : मन्त्री भुसाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:४४:oo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्ने बताएकी छिन् । शुक्रबार काठमाडौंमा गुरु ट्राभल्स लिमिटेडको समुद्घाटन तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले देशको समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएकी हुन् । उनले  कृषिमा आत्मनिर्भर हुनुपर्ने र कृषिलाई उद्योगको रूपमा विकास गर्नुपर्नेमा जोड दिइन् ।

उनले  निजी क्षेत्रले पनि कृषिलाई उद्योगको रूपमा विकास गर्न व्यवसायीकरण र यान्त्रिकीकरण गर्नेतर्फ सोच्नुपर्ने उल्लेख गरिन् । मन्त्री भुसालले कृषिमा आत्मनिर्भर हुनुपर्ने र त्यसका लागि जमिन बाँझो नछोडी खेती गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘अब आर्थिक विकास र सामाजिक विकासमार्फत सामाजिक न्यायमा आधारित समाजवादउन्मुख समाज निर्माण गर्ने प्रतिबद्धता हामीले संविधानमै गर्‍यौँ । अब त्यसको कार्यान्वयन तहमा हामी अगाडि बढेका छौँ । त्यो विकास धेरै तरिकाले हुन्छ । तर, आधारभूत कुराचाहिँ तीनवटा हुन् भन्ने मलाई लाग्छ, एक नम्बर कृषि नै रहेछ । कृषिप्रधान देश, उर्वरा भूमि छ । जलस्रोतले सम्पन्न छौँ । सिँचाइको मात्रै उचित ढंगले व्यवस्थापन गर्दा र आधुनिक मल, बिउ र यान्त्रिकीकरण गर्दा हामी कृषिमा आत्मनिर्भर हुन सक्छौँ । हिजो निर्यात गर्ने राष्ट्र अहिले हामी आयात गरेर खाने राष्ट्र बनेका छौँ । हामीले आफ्नो जमिन बाँझो नछोडीकन खेती गर्नुपर्छ । हामीलाई भूकम्पले पनि सिकायो । र कोभिडको महासंकटले पनि हामी टिकिराखेका छौँ । कृषि आधारभूत कुरा हो । बरु यसलाई अझ व्यवसायीकरण, यान्त्रिकीकरण गर्ने कुरामा हामी सबै लाग्ने कुरा र संस्थागत ढंगले उद्योगी व्यवसायीको छाता संगठनले पनि यो कुरा सोच्नुपर्छ । कृषि पनि उद्योग हो । यसलाई पनि हामी उद्योगको तरिकाले अगाडि बढाउन सक्छौँ भन्ने तरिकाले लाग्न जरुरी छ ।’


उनले विद्युतीय सामग्रीको प्रयोगमा वृद्धि गर्नुपर्ने बताइन् ।  त्यस्तै, देशमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन जोड गर्नुपर्ने पनि उनको भनाइ छ ।

ad
ad