१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १९:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

चिनियाँ सेनाको चेतावनी : अमेरिका र ताइवानबीचको साँठगाँठलाई रोक्छौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १९:५४:oo

चिनियाँ सेनाका प्रवक्ताले बिहीबार ताइवान टापुको वरिपरि हुने सैन्य अभ्यासले संयुक्त राज्य अमेरिका र ताइवान क्षेत्रबीचको साँठगाँठलाई निस्तेज पार्न बलियो बन्देज हुने भएको बताएका छन्।

अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको चीनको ताइवान क्षेत्रको भ्रमणप्रति कडा आक्रोशयुक्त प्रतिक्रिया व्यक्त गर्दै चीनको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता तान केफेईले चीनको चिनियाँ सशस्त्र सेनाले 'जे भन्छ त्यो पूरा गर्ने' बताएको छ। चिनियाँ जनमुक्ति सेना (पिएलए) का पूर्वी थिएटर कमान्डले ताइवान टापुको जल र हवाई क्षेत्रमा संयुक्त युद्ध प्रशिक्षण अभ्यासहरू आयोजना गरेको छ।  सो अभ्यासमा समुद्री, भूमि लक्षित आक्रमण हमलाहरू र हवाई क्षेत्र नियन्त्रण कार्यहरूलगायतका समावेश छन्।  

सैनिक कमान्डरले तानले चिनियाँ सशस्त्र सेनाले दृढतापूर्वक देशको राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने र कुनै पनि प्रकारको 'ताइवान स्वतन्त्रता' गतिविधि र अन्य कुनै किसिमका बाह्य हस्तक्षेपको लागि कुनै ठाउँ नरहेको बताएको छ। 

ad
ad