१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १८:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जुम्ला अस्पतालमा पनि अब डायलायसिस सेवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १८:१९:oo

कर्णाली प्रदेशको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षणमा डायलासिस सेवा सुचारु हुने भएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डायलासिस उपकरण (मेसिन) उपलब्ध गराएपछि डायलासिस सेवा सुचारु हुने भएको हो। 

२०६८ सालमा स्थापना भएको प्रतिष्ठानमा मिर्गाैला रोगीहरूको उपचार डायलायसिस सेवा दिने गरेको थिएन। मन्त्रालयले प्रतिष्ठानलाई ६ सेट डायलायसिस उपकरण उपलब्ध गराएपछि डायलायसिस सेवा सुचारु गर्ने तयारी गरिएको अस्पताल निर्देशक डा. राजीव शाहले बताए। उनले भने,‘अस्पतालमा मिर्गाैला रोगी बिरामी आउने गरेका थिए तर उपचार डायलायसिसको उपकरण नहुँदा यसअघि रिफर पनि गर्नुपरेको थियो। अब जुम्ला अस्पतालमै यो समस्या समाधान हुने भएको छ।’ 

अस्पतालले आकस्मिक सेवा, बहिरंग सेवा, अन्तरंग सेवा, शल्यक्रिया सेवा, प्रसूति सेवा, डाइगनोस्टिक सेवा, ब्लड बैंक, समुदायमा स्वास्थ्य सेवा, विस्तारित सेवा, एम्बुलेन्स सेवा र टेलिमेडिसिन सेवा दिँदै आएको प्रतिष्ठानले जनाएको छ। 

एकेडेमीतर्फ स्कुल अफ पब्लिक हेल्थ, स्कुल अफ नर्सिङ, स्कुल अफ मेसिन रहेको छ। स्कुल अफ नसिङमा स्टाफ नर्स, ब्याचलर इन मिडवाइफ्री, एमडी, बी फार्मेसी, नर्सिङ र एमबिबिएस अध्यापन गर्दै आएको प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले बताए। 

यस्तै, मन्त्रालयले कर्णाली प्रदेशको सुर्खेतस्थित प्रदेश अस्पताललाई पनि डायलायसिस उपकरण उपलब्ध गराएको छ। प्रदेश अस्पताललाई ४ सेट उपकरण उपलब्ध गराएको हो। देशभरका २२ अस्पताललाई १३३ सेट डायलायसिस उपकरण (मेसिन) वितरण गरेको छ। नेपालमा करिब ६ हजार मिर्गौला बिरामी डायलायसिसमा छन्। तर, मेसिन अभावले सेवा प्रवाहमा गम्भीर समस्या देखिएको थियो। उक्त समस्या समाधान गर्नेका लागि हेमोडायलासिस मेसिन अस्पतालहरूलाई पठाएको हो।

ad
ad