१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १७ मंगलबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १७ मंगलबार १६:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बजेट कार्यान्वयन गरे ६ महिनामा तरकारीमा आत्मनिर्भर : अर्थमन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १७ मंगलबार १६:५४:oo

अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने आवश्यकता रहेको बताएका छन्। मंगलबार भीमदत्त पन्त स्मृति दिवसमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले कृषिमा आत्मनिर्भरता र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने व्यवस्था बजेटमा गरिएको दाबी गरे।

‘उत्पादन वृद्धि गर्ने, आयातमा भर परेको अर्थतन्त्रलाई अहिले आन्तरिक उत्पादनमा आधारमा अर्थतन्त्र सुधार गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अहिलेको वर्षको बजेट पास भएको छ,’ उनले भने। मन्त्री शर्माले भूमि नहुनेलाई भूमि, पुँजी नहुनेलाई पुँजी र औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नुपर्ने आवश्यकता रहेको औँल्याए।

बजेट कार्यान्वयन गरे तरकारीमा ६ महिना र उद्योगमा चार वर्षमा आत्मनिर्भर हुन सकिने उनले दाबी गरे। ‘काठमाडौंका लागि चाहिने तरकारी काठमाडौं आसपासको जिल्लाले उत्पादन गरौँ। अब आयात गरेर खाइरहेको कुरालाई अन्त्य गर्नुपर्छ। तरकारीमा ६ महिनामा आत्मनिर्भर हुन सक्छौँ। औद्योगिक क्षेत्रमा चार वर्षमा ठूलो प्रगति गर्न सक्छाैँ,’ मन्त्री शर्माले भने।