मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
गणेश लम्साल विराटनगर
Invalid date format ११:१५:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सवारीचालक अनुमतिपत्र वितरण सहज बनाउँदै प्रदेश १ सरकार

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format ११:१५:oo

सेवाग्राहीले खेप्नुपर्ने सास्ती अन्त्य गर्न प्रदेश १ सरकारले विभिन्न कार्यालयहरूबाट सवारीचालक अनुमतिपत्र वितरण गर्न थालेको छ। प्रदेश सरकारको यातायात तथा सञ्चार मन्त्रालयले प्रदेशको राजधानी विराटनगर, सुनसरीको इटहरी, झापाको बिर्तामोड, इलाम, धनकुटा र उदयपुरको गाईघाट कार्यालयबाट आफ्नै ट्रायल सेन्टरमार्फत सवारी लाइसेन्स वितरण थालेको हो।

यी कार्यालयहरूबाट सेवाग्राहीले अनलाइन फारम भरेर सरकारकै ट्रायल सेन्टरमा परीक्षा दिएर सवारी अनुमतिपत्र लिन पाउने यातायात तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले बताए। मन्त्री घिमिरेका अनुसार यसअघि प्रदेश १ मा सुनसरीको इटहरी र झापाको बिर्तामोडका कार्यालयबाट मात्र सवारी लाइसेन्स लिने व्यावस्था थियो। त्यहाँ अत्यधिक चाप हुँदा सेवाग्राहीहरू महिनौँसम्म सास्ती भोग्न बाध्य थिए। बिचौलियाहरूले समेत विभिन्न बहानामा रकम असुल्दै आएका थिए।

सोमबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको राजधानी विराटनगरबाट पनि सवारी अनुमतिपत्र लिनका लागि सरकारी ट्रायल सेन्टरको उद्घाटन गरे। सवारीचालक अनुमतिपत्रको परीक्षा र वितरण प्रक्रियालाई पारदर्शी बनाउन प्रदेश सरकारले अलग्गै मन्त्रालय स्थापना गराएर काम थालेको मुख्यमन्त्री राईले बताए।