१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका इस्लामाबाद
२o८१ जेठ १ मंगलबार २o:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम ह्याक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, इस्लामाबाद
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २o:३३:oo

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक-ए-इन्साफ (पिटिआई) का अध्यक्ष इमरान खानको आधिकारिक इन्स्टाग्राम खाता सोमबार ह्याक भएको बताइएको छ। ह्याकरले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट क्रिप्टोकरेन्सीको बारेमा प्रमोसनल ट्विट सेयर गरेको पाइएको हो।

टेस्लाका सिइओ एलोन मस्कको नक्कली क्रिप्टो खाताको लिंक पनि उनको ह्यान्डलमा संलग्न गरिएको थियो। इमरान खानका हाल ७४ लाखभन्दा बढी फलोअर्स छन्। पाकिस्तानी पूर्वप्रधानमन्त्रीले भने अहिलेसम्म यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। उनका पार्टीका सदस्य र अनुयायीहरूले कुनै पनि अनैतिक पोस्टमा अन्तर्क्रिया नगर्न सल्लाह दिइरहेका छन्।

गत डिसेम्बरमा सर्बियामा पाकिस्तानी दूतावासको ट्विटर ह्यान्डलले सरकारी अधिकारीहरूलाई तलब नतिरेकोमा सन्देश पोस्ट गरेको थियो, जसले पिटिआई सरकार र इमरान खानलाई ठूलो अप्ठ्यारोमा पारेको थियो। पछि सरकारी अधिकारीहरूले भने सो खाता ह्याक भएको दाबी गरेका थिए।

ad
ad