१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १६ सोमबार
  • Friday, 09 May, 2025
२o७९ श्रावण १६ सोमबार १९:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगुमा आधा दर्जन टेलिकम टावर अलपत्र

टेलिकम फोरजी टावर निर्माण गर्न जनप्रतिनिले दिए ठेकेदारलाई दबाब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १६ सोमबार १९:३९:oo

मुगुको सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीले जिल्लामा अलपत्र अवस्थामा रहेका टेलिकम टावर दसैँभित्र  निर्माणकार्य पूरा गर्न ठेकेदारलाई दबाब दिएका छन्। सोरु गाउँपालिकाको नार्थपु लामाकाडा र कच्चेकोट छायाँनाथ रारा नगरपालिकाको रुगा थार्पलेकान निर्माणाधीन अवस्थामै अलपत्र परेका फोरजी टेलिकम टावरको काम सम्पन्न गराउन अध्यक्ष र उपाध्यक्षले ठेकेदार कुमार पौडेललाई दबाब दिएका हुन्। 

उक्त टेलिकम टावर निर्माणको लागि स्मार्ट जलजला जेभी कम्पनीका प्रोपराइटर कुमार पौडेलले २०७६ मा नेपाल टेलिकमसँग ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गरेको भएपछि स्वयं ठेकेदारकै लापरबाहीले अहिलेसम्म निर्माण कार्य लथालिङ अवस्था छ।

टेलिकम फोरजी टावर निर्माण पूरा नहुँदा सोरु गाउँपालिकाले सञ्चारको जोखिम खेप्नुपरेको छ भने इन्टरनेट नचल्दा प्रशासनिक कामकाज प्रभावित हुँदै आएको छ।