१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खेताला चालकको भरमा धादिङ अस्पतालको शव बाहन

चालक नहुँदा मृतककै आफन्त शव बहान चलाउन बाध्य  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५८:oo

धादिङको नीलकण्ठ नगरपालिका ११ ज्यामरुङका ५६ वर्षीय रामकृष्ण शाक्यले आइतबार राति झुन्डिएर आत्महत्या गरे। दाहसंस्कारअघि पोस्टमार्टम गर्न त्यो सेवा गाउँमा थिएन। शवलाई धादिङ अस्पताल ल्याउन अस्पतालकै शव बाहन घण्टौँ कुरे। तर, चालकविनाको शव बाहन पाएका आफन्तहरू आफैँले शव बाहन चलाएर शव ल्याउन बाध्य भए। 

शाक्यले आइतबार राति करिब ८ः३० बजे आत्महत्या गरेको आफन्त गणेश शाक्य बताउँछन्। बेलुकी टोड्केबाट प्रहरी टोली घटनास्थलमा पुग्यो। सोमबार बिहान जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले मुचुल्का उठाएपछि शव बाहन खोज्न थालियो। उनले भने, ‘बिहान ५ बजेदेखि शव बाहन खोज्न थालेको हामीले घण्टौँ कुर्नुपर्याे । बल्लतल्त पाइएको शव बाहन पनि ड्राइभरविनाको पायौँ।’ 

धादिङ अस्पतालमा शव बाहन छ। अन्तबाट ल्याउने कुरा भएन। शव बाहन खोज्दा धादिङ अस्पतालले आनाकानी गरेको मृतकका आफन्त बलराम शाक्यले बताए। उनले भने, ‘पछि थाहा भयो, शव बाहन ड्राइभर नभएर त्यस्तो बहाना गरेको रहेछ। भ्याकेन्सी खुलाएको महिनाैँ भयो भन्छ, पदपूर्ति छैन। अस्पतालमै यस्तो लापरबाही। बेलैमा शव ल्याउन नसक्दा मृतकका आफन्तलाई त पीडामाथि पीडा भयो नि। म गाउँकै स्वास्थ्य संस्थामा एम्बुलेन्स चलाउँछु। शव बाहनको चालक नभए पनि प्रशासनले स्वीकृति दिएर आधि बाटोसम्म पदम शाक्य भन्ने एकजना ड्राइभरले गोलाभञ्याङसम्म लग्यो।’

शव बाहनचालक नहुँदा खेताला ड्राइभरको भरमा चलाउनुपरेको धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मधुकर दाहालले बताए। बागमती प्रदेश सरकारले शव बाहन दिएको करिब दुई वर्ष भयो। तर, अहिलेसम्म शव बाहनचालक नियुक्त गरिएको छैन।