१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o६:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

शिवमद्वारा निर्माणकर्मी सुरक्षा बिमाको रकम हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:२५:oo

शिवम् सिमेन्टले गरेको निर्माणकर्मीको दुर्घटना बिमाअन्तर्गत थप दुईजनाका परिवारलाई बिमा रकम हस्तान्तरण गरेको छ । कम्पनीले निर्माण कार्य गर्दागर्दै दुर्घटनामा परी मृत्यु भएका दुईजना निर्माणकर्मीका परिवारलाई पाँच लाख रुपैयाँका दरले बिमा रकम हस्तान्तरण गरेको हो । 

निर्माण कार्य गर्दागर्दै दुर्घटनामा परी मृत्यु भएका निर्माणकर्मीका परिवारलाई उक्त रकम बिमा कम्पनीसँग समन्वय तथा आवश्यक प्रक्रिया पूरा गरी उनीहरूको बिमा मागदाबीअनुसार रकम हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । 

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीको जोखिमलाई मध्यनजर गर्दै देशका ५२ स्थानमा रहेका तीन हजारभन्दा बढी निर्माणकर्मीको पाँच लाख रुपैयाँबराबरको जोखिम बिमासहित निर्माणसम्बन्धी प्राविधिक अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरेको थियो । सोही कार्यक्रममा सहभागी निर्माणकर्मीमध्येबाट पर्न आएको दुर्घटना बिमा मागदाबीबापतको रकम बिमा कम्पनीसँग समन्वय गरी निर्माणकर्मीका घर–घरमा नै गएर आफ्ना प्रतिनिधिले हस्तान्तरण गरेको शिवम् सिमेन्टले जनाएको छ । 

कम्पनीले विभिन्न चरणमा आफ्नो बिक्री क्षेत्रअन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुंगा, सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, गोरखा, तनहुँ, बाग्लुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुरका निर्माणकमीको बिमा गरेको जनाएको छ । हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले ४३ र ५३ ग्रेडको ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको जनाइएको छ ।

ad
ad