१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १२:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

फोहोरभित्रको गिरोहले नै फोहोर व्यवस्थापन हुन दिएन : मन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १२:१७:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोरभित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको बताएका छन्। शनिबार काठमाडौंको बंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘फोहोरमैलाका कुरा अहिले लामै कथा भइसकेको छ। सामान्य कुरा हो, तर हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौँ। फोहोरमैलाभित्रको गिरोहले फोहोरमैला समाधान गर्न दिँदैन। फोहोरमैला समाधान गर्नका लागि ठूलो कुरा होइन, ठूलो कुरा बनाएको छ त्यहाँभित्रको गिरोहले,’ मन्त्री श्रेष्ठले भने।

फोहोरमैलालाई  स्राेतबाट व्यवस्थापन गर्न अब स्थानीय तह नै लाग्नुपर्ने भन्दै उनले त्यसका लागि सहयोग गर्न संघीय सरकार तयार रहेको उल्लेख गरे। उनले भने, ‘यो समस्या स्थानीय तहले फोहोरमैलालाई स्राेतबाट नै व्यवस्थापन गर्नेतर्फ जानुपर्छ । हामी सबै त्यसका लागि सहयोग गर्न तयार छौँ।’ सरसफाइको योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारको बीचमा समन्वय आवश्यक रहेकोमा पनि उनले जोड दिएका छन्।

ad
ad