भारतीय वायुसेनाको मिग– २१ जेट दुर्घटना, दुईको मृत्यु

शुक्रबार, १३ साउन, २०७९
डिजिटल संस्करण

भारतीय वायुसेनाको मिग– २१ जेट दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । राजस्थानमा प्रशिक्षण उडानको क्रममा बिहीबार राति साढे नौ बजे जहाज दुर्घटनामा परेको हो । त्यसमा दुई विमानचालकको मृत्यु भएको भारतीय वायु सेनाले आफ्नो आधिकारिक ट्विटमार्फत जनाएका छन् । 

मिग– २१ जेट प्रशिक्षण उडानको क्रममा दुर्घटना भएको हो । विमान राजस्थानको राजधानी जयपुरबाट करिब पाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
 

सुझावित समाचार