मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १४:१५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा हरियाली कायमै, दुई अर्बको कारोबार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:१५:oo

साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक १२.९२ अंकले बढेर दुई हजार एक सय ४०.३९ बिन्दुमा पुगेको छ। त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स ३.९१ अंकले बढेर चार सय ९.५३ बिन्दुमा पुगेको छ।

साताभरिमा नेप्से सूचक एक सय २२ अंकले बढेर २० अर्ब रुपैयाँमाथिको कारोबार गरेको छ । मौद्रिक नीति जारी भएपछि मंगलबारबाहेक अन्य दिन बजार बढेको छ। मंगलबार भने ४४ अंकले घट्न पुगेको थियो। मौद्रिक नीतिपछि बजारले २१ सय अंकको टेवा परीक्षण गरिरहेको छ।

बजार बढेसँगै लगानीकर्ताले नाफा बुक गरिरहेका छन्। साना लगानीकर्ताहरू सेयर मूल्य बढेसँगै नाफा बुक गर्न थालेका हुन्। धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय १६ कम्पनीको ५१ लाख ११ हजार कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब १९ करोड रुपैयाँको कारोबार भएको छ।

दुई घन्टा कारोबार भएको बजारमा सर्वाधिक सेयर किनबेच शिवम् सिमेन्टको भएको छ। कम्पनीको १२ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको हो। कम्पनीको कुनै एक सिमेन्ट कम्पनीसँग मर्जरमा जाने बजार हल्ला चलेको छ भने लाभांश बढाउने तयारी रहेको अपुष्ट खबर बाहिरिएको कारणले पनि  लगानीकर्ताको  ध्यान यो कम्पनीको सेयर किनबेचमा देखिएको छ।

त्यस्तै लुम्बिनी विकास बैंक, नागरिक लगानी कोष, महालक्ष्मी विकास बैंक र गोर्खाज् फाइनान्सको पाँच करोड रुपैयाँदेखि नौ करोड ३४ रुपैयाँसम्मको सेयर कारोबार भएको छ। बढेको बजारमा रिलायन्स फाइनान्स र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको  १०  प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। त्यसैगरी लुम्बिनी विकास बैंक, एक्सल डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक ६ प्रतिशतदेखि ८.८४ प्रतिशतले बढेको छ।

यता, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनी, लिबर्टी इनर्जी कम्पनी, ग्लोबल आइएमई समुन्नत स्किम र ग्रिन लाइफ हाइड्रोपावर कम्पनीको सेयर मूल्य दुई प्रतिशतदेखि ३.४८ प्रतिशतले  घटेको छ। कारोबारमा आएका १३ वटा समूहमध्ये जलविद्युत् समूह, जीवन बिमा समूह, म्युचुअल फन्ड समूह र निर्जीवन बिमा समूहको सूचक सामान्यले  घट्दा अन्य  नाै समूहको सूचक बढेका छन्।