१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o८:११:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बाबुरामको पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’, नेतृत्व टुंगिन बाँकी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:११:oo

जसपामा समानान्तर गतिविधि गर्दै आएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ हुने तय भएको छ । जसपा विवाद चुलिएका वेला भट्टराईनिटक दीपक लामिछानेले गते ५ फागुनमा दर्ता गराएको समावेशी लोकतान्त्रिक पार्टीको नाम बदलेर नेपाल समाजवादी पार्टी बनाइएको छ । परिवर्तित पार्टीको नेतृत्वको टुंगो लाग्न बाँकी छ । 

नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा बिहीबार दर्ता भएको भट्टराईनिकट नेता विश्वदीप पाण्डेले जानकारी दिए । पार्टी पुनर्गठनको अपिल गर्दै आएका भट्टराईले विवादको कानुनी छिनोफानो नभई नयाँ पार्टी दर्ता गरेका हुन् । नाम परिवर्तन गरेर नयाँ दल दर्ता भए पनि अध्यक्षलगायत केन्द्रीय सदस्य भने अद्यावधिक भइसकेका छैनन् । 

पाण्डेले निर्वाचन आयोगले समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी र चुनावचिह्न आँखालाई अद्यावधिक गरेको जानकारी दिए । समावेशी लोकतान्त्रिक पार्टीको चुनावचिह्न आँखा थियो । 

केन्द्रीय समितिको पुनर्गठनलगायतका काम बाँकी नै रहेको छ । छिटै केन्द्रीय समिति पुनर्गठन गरी भट्टराईको नेतृत्वमा ल्याउने काम हुने एक सदस्यले जानकारी दिए । गत असारमा वीरगन्जमा बसेको जसपा बैठकले भट्टराईलाई कार्यकारिणी अध्यक्षबाट पदमुक्त गरेको थियो ।  

भट्टराईको दल अदलबदल
बाबुराम भट्टराईले ३ असोज ०७२ मा संविधान जारी भएपछि माओवादी त्यागेको घोषणा गरेका थिए । संवैधानिक समितिका सभापतिको रूपमा भट्टराईले संविधान निर्माणको नेतृत्व गरेका थिए । परम्परागत कम्युनिस्ट पार्टीको सान्दर्भिकता सकिएको निष्कर्षसहित भट्टराईले संविधान जारी ६ दिनपछि देशलाई समृद्धिको यात्रामा हिँडाउने वैकल्पिक पार्टीको आवश्यकता औँल्याउँदै माओवादी पार्टी परित्याग गरेका थिए । 

माओवादीसहित पुराना पार्टीको औचित्य समाप्त भएको निष्कर्षसहित भट्टराईले ३० जेठ ०७३ मा नयाँ शक्ति पार्टी गठन गरेका थिए । तर, चुनावमा अपेक्षा गरेअनुरूप मत नआएपछि नयाँ शक्ति पार्टी चलाउन भट्टराईलाई कठिन भएको थियो । 

नयाँ पार्टी घोषणा गरेको तीन वर्षपछि भट्टराईले उपेन्द्र यादवको पार्टी संघीय समाजवादी फोरमसँग एकताको हात अघि बढाएका थिए । दुई पार्टी मिलाएर २३ वैशाख ०७६ मा समाजवादी पार्टी नेपाल घोषणा भएको थियो । 

समाजवादी पार्टी विभाजनको खतरा देखेपछि राष्ट्रिय जनता पार्टी राजपासँग १० वैशाख ०७७ मा रातारात एकीकरण गरेर जनता समाजवादी पार्टी (जसपा) बनाइएको थियो । जसपाबाट महन्थ ठाकुर, राजेन्द्र महतोहरू अलग्गिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरिसकेका छन् ।

ad
ad