१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाबुराम भट्टराईले गराए नेपाल समाजवादी पार्टी अद्यावधिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५८:oo

समावेशी लोकतान्त्रिक पार्टीले आफ्नो नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी राखेको छ । पार्टीले केन्द्रीय समिति बैठकबाट नाम परिवर्तन गर्ने निर्णय गरी सो को जानकारी आयोगमा दिएको थियो ।  त्यसकै आधारमा आयोगले पार्टीको विवरण अद्यावधिक गरेको आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताए । 

विधान पुनर्लेखन तथा झन्डा, छाप र पार्टीको नाम परिवर्तन गर्न दिएको निवेदनका आधारमा आयोगले पार्टीको विवरण अद्यावधिक गरेको उपन्यायाधिवक्ता वाग्लेको भनाइ छ । ‘राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ ले विधान, झन्डा, नाम र छाप परिवर्तनका लागि अधिकार दिएको छ। सोही आधारमा आयोगले विवरण अद्यावधिक गरेको हो। नयाँ पार्टी दर्ता भएको होइन,’ उनले भने। 

५ फागुन २०७८ मा दीपक लामिछानेको अध्यक्षतामा समावेशी लोकतान्त्रिक पार्टी आयोगमा दर्ता भएको थियो। वाग्लेका अनुसार पार्टीको निर्वाचन चिह्न भने परिवर्तन भएको छैन। उक्त पार्टीको चुनाव चिह्न खुलेको आँखा रहेको छ। जनता समाजवादी पार्टीबाट अलग्गिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठन गर्ने चर्चा चलिरहेको वेला लामिछाने नेतृत्वको पार्टीले नाम परिवर्तन गरेको हो । लामिछाने डा. भट्टराईनिकट मानिन्छन् । 

वाग्लेका अनुसार सो पार्टीले आयोगमा बुझाएको विवरणमा डा. बाबुराम भट्टराई भन्ने नाम कतै उल्लेख गरिएको छैन । हाल उनको नाम उल्लेख नभए पनि पार्टीको केन्द्रीय समिति बैठकले पार्टी पदाधिकारी मनोनयन गर्ने बताइएको छ ।