मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण १२ बिहीबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १२ बिहीबार १६:३६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

लगानीकर्तालाई सम्भावित क्षतिबाट जोगाउन बोर्डले कोष सञ्चालनमा ल्याउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १२ बिहीबार १६:३६:oo

नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष ०७९/८० को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। बिहीबार एक कार्यक्रमबीच बोर्डका अध्यक्ष रमेशकुमार हमालले बोर्डको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

नीति तथा कार्यक्रममा लगानीकर्तालाई हुन सक्ने सम्भावित क्षतिबाट जोगाउन क्षतिपूर्ति कोष सञ्चालनमा ल्याइने उल्लेख छ। त्यसैगरी धितोपत्र बोर्डमा गैरआवासीय नेपालीलाई समावेश गरिने, पुँजी बजारलाई सन्तुलन र नियमन विस्तार गर्ने बताइएकाे छ।

सरकारी ऋणपत्रको स्वचालित कारोबार प्रणालीको विकास गर्ने, दोस्रो बजारको कारोबारलाई विद्युतीय प्रविधिमा आधारित बनाउनेलगायतका नीति तथा कार्यक्रम बोर्डले सार्वजनिक गरेकाे छ।