मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कुटपिट गरेको भन्दै अभिनेत्री मिरुना र फिल्म प्राविधिक ठकुरीविरुद्ध मुद्दा दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४३:oo

अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध फुर्पा साङ्‍मो तामाङले मुद्दा दर्ता गराएका छन्। बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर फुर्पाले गाली–बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गराएका हुन्। 

मिरुनाले सार्वजनिक स्थानमा आफूमाथि कुटपिट तथा गाली–बेइज्जती गरे पनि माफी नमागेपछि आफूले मुद्दा दर्ता गराएको फुर्पाले बताएका छन्। ‘उहाँले उजुरीमा माफी नमागेको उल्लेख गर्नुभएको छ,’ काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले भने, ‘माफी नमागेपछि कानुनी कारबाही माग्दै उजुरी परेको छ।’

फुर्पाले फिल्म प्राविधिक ठकुरीमाथि पनि कारबाहीको माग गरेका छन्। ठकुरीले मिरुनासँग मिलेर आफूलाई फसाएको भन्दै उनीविरुद्ध पनि कानुनी कारबाही माग गरेका हुन्।

काठमाडौंको सिभिल मलमा गत जेठ १५ गते कबड्डी– ४ फिल्म हेर्न पुगेका फुर्पाले अनुचित व्यवहार गरेको भन्दै मिरुनाले माफी माग्न लगाएकी थिइन्। मिरुनाले फुर्पालाई थप्पडसमेत हानेकी थिइन्। उक्त घटनाले चलचित्र बहिष्कारको माग उठेपछि फिल्म निर्देशन र कलाकारले प्रहरीमा दुवै पक्षलाई राखेर मिलापत्र गराएका थिए।