१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १९:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड खर्च

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १९:१३:oo

निर्वाचन आयोगले गत स्थानीय तहको निर्वाचनमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८६७ रुपैयाँ खर्च भएको जनाएको छ। मंगलबार आयोगमा निर्वाचन परिणाम तथा खर्च सार्वजनिकीकरणका लागि पत्रकार सम्मेलन गर्दै आयोगले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको खर्चबारे जानकारी गराएको हो। 

आयोगले खर्च नभएको ३ अर्ब ६ करोड ९६ हजार करोड १२४ रुपैयाँ खर्चका लागि सरकारले उपलब्ध गराएको रकमबाट बचेको बताएको छ। सरकारले स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ खर्च छुट्याएको थियो। निर्वाचन परिणाम तथा खर्च सार्वजनिक गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यो निर्वाचनमा प्रतिमतदाता खर्च ४९३ रहेको बताए। 

उनले यो स्थानीय तहको निर्वाचनमा कुल मतदाता १ करोड ७७ लाख ३३ हजार ७२३ रहेको र जसमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० र महिला मतदाता ८७ लाख ८१ हजार ५३० रहेको बताए। उनले स्थानीय तहको निर्वाचनमा कुल उम्मेदवार १ लाख ४५ हजार १३ रहेको र जसमा पुरुष ८९ हजार ३१४ र ५५ हजार ६९९ महिला उम्मेदवार रहेको बताए। उनले निर्विरोध निर्वाचित ३९० जना रहेको बताए। त्यस्तै, निर्वाचित पुरुष २० हजार ६३० र निर्वाचित महिला १४ हजार ४६६ रहेको जानकारी दिए।