१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका क्यालिफोर्निया
Invalid date format २१:o४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

क्यालिफोर्नियामा डढेलो : करिब ६ हजार विस्थापित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, क्यालिफोर्निया
नयाँ पत्रिका
Invalid date format २१:o४:oo

क्यालिफोर्नियाको योसेमाइट राष्ट्रिय निकुञ्जनजिकै शुक्रबारदेखि लागेको डढेलो थप फैलिँदा यसबाट हजारौँ मानिस विस्थापित बनेकाे अमेरिकी अधिकारीले बताएका छन्। क्यालिफोर्नियाको वन तथा अग्नि संरक्षण विभाग (क्याल फायर) ले एक प्रतिवेदनमा जनाएअनुसार ओक फायर नाम दिइएको डढेलो निभाउन १७ हेलिकाेप्टरसहित दुई हजारभन्दा बढी अग्नि नियन्त्रक खटिएका छन्। 

डढेलो सोमबारसम्ममा पाँच हजार ७५० हेक्टरभन्दा बढी क्षेत्रमा फैलिइसकेको बताइएको छ। क्याल फायरको रिपोर्टअनुसार ‘अत्यधिक खडेरीले गर्दा जमिनमा चिसोपना घटेको र डढेलो फैलिने जोखिम थप बढिरहेको बताइएको छ।

अधिकारीहरूले ‘खतरनाक’ भनी वर्णन गरेको डढेलोबाट प्रभावित स्थानमा उद्धारकर्मीहरू जोखिम क्षेत्रका बासिन्दाहरूलाई उद्धार गर्न र संरचनाहरूको सुरक्षा गर्न खटिरहेका छन्।