१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
फाइल फाेटाे
नयाँ पत्रिका रुपन्देही
२o८१ बैशाख ३१ सोमबार १६:११:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नागरिकता विधेयक नागरिकको हितमा छैन : उपमहासचिव ज्ञवाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुपन्देही
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:११:oo

नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नरहेको टिप्पणी गरेका छन्। प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपाली नागरिकले विना कुनै बहानामा नागरिकता पाउनुपर्नेमा सन्देह नभए पनि अहिले सरकारले ल्याएको विधेयक त्रुटिपूर्ण रहेको आरोप लगाए।

'राज्यव्यवस्था समितिमा जुटेको सहमतिविपरीत सरकारले विधेयक ल्याएको छ। यो देशको हितमा छैन,' उनले भने। एमालेले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको जानकारी गराउँदै नेता ज्ञवालीले प्रचलित ऐनअनुसार वैवाहिक अंगीकृत नागरिकता विवाह गरेर आउनेबित्तिकै प्राप्तिका लागि प्रक्रिया अगाडि बढाउन सकिने भएकाले उचित नभएको बताए।

वैवाहिक अंगीकृत नागरिकताको सवालमा केही मापदण्ड राख्ने तर उनीहरूलाई कुनै प्रकारको व्यवसाय, नोकरी गर्न नरोक्ने गरी व्यवस्था गर्न सकिने उनको भनाइ छ।   रासस

ad
ad