१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format २o:३९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

घर डढेलोमा जलेपछि ग्रिसका एक वृद्धले आफैँमाथि गोली चलाए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:३९:oo

ग्रिसको राजधानी नगरको बाहिर जंगल नजिक रहेको आफ्नो घर डढेलोमा जलेको देखेर एकजना वृद्धले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन्। आफ्नो घर आगोको ज्वालाले ध्वस्त पारेको देखेपछि ती वृद्धले आत्महत्या गरेको मृतकका आफन्त, उनका छिमेकी र स्थानीय प्रहरीलाई उद्धृत गर्दै राष्ट्रिय प्रसारण इआरटीले जनाएको छ। 

मंगलबार रातिको डढेलोले आवास, व्यवसाय र अन्य केही भवन ध्वस्त पारेको तथा केही क्षतिग्रस्त भएका स्थानीय अधिकारीहरूले बताएका छन्। कैयौँ नागरिक डढेलोबाट विस्थापित भएका छन्। तीव्र गतिमा चलेको हावाका कारण आगो निभाउन कठिनाइ भएको थियो। 

आगो निभाउन चार सय ८५ वटा दलकल परिचालन गरिएको थियो। सेना, प्रहरी र स्वयंसेवकहरू पनि आगो निभाउन परिचालन गरिएका थिए। आज बिहानैदेखि विमान र हेलिकाेप्टर पनि आगो निभाउन परिचालन भएका थिए। 

हरेक वर्ष गर्मीयाममा ग्रिसले डढेलोको सामना गर्दै आएको छ। गत वर्ष शृंखलाबद्ध रूपमा देशका विभिन्न भागमा फैलिएको डढेलोले एक हजार हेक्टर वन र कृषिभूमिमा क्षति भएको थियो भने करिब दुई हजार घर एवं व्यापार– व्यवसायमा क्षति भएको थियो। सन् २०१८ मा राजधानी एथेन्स नजिक अवस्थित माटीको तटीय रिसोर्टमा आगो लाग्दा एक सय दुईजनाको मृत्यु भएको थियो।