१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o६:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

हिमालय एयरलाइन्सको काठमाडौं–कुवेत उडान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:१९:oo

हिमालय एयरलाइन्सले काठमाडौं–कुवेत उडान सुरु गरेको छ । कम्पनीले आफ्नो आठौँ अन्तर्राष्ट्रिय गन्तव्य तथा छैटौँ खाडी गन्तव्यका रूपमा कुवेतमा उडान सुरु गरेको हो । 

पहिलो उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ जुलाई २०२२ शुक्रबार राति २२ः३२ बजे प्रस्थान गरी शनिबार बिहान ०९ः१७ बजे काठमाडौं अवतरण गरेको कम्पनीले जनाएको छ । उडान उद्घाटन कार्यक्रममा विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुर र अन्य विशेष अतिथिहरूको उपस्थिति रहेको जनाइएको छ । एयरलाइन्सले हरेक शुक्रबार काठमाडौं–कुवेत र हरेक शनिबार कुवेत–काठमाडौं उडान सञ्चालन गर्ने जनाएको छ ।

कुवेत विशेष गरी रोजगारी र व्यापारिक उद्देश्य लिएर जाने नेपालीका लागि महŒवपूर्ण गन्तव्य हो । नेपाल र कुवेतबीच मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध रहेकोमा हिमालय एयरलाइन्सद्वारा काठमाडौं–कुवेत–काठमाडौं सेक्टरको उद्घाटनले दुई राष्ट्रबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने कम्पनीको दाबी छ ।

नेपाल र कुवेतबीच २३ जनवरी २००६ मा हवाई सेवा सम्झौता भएको थियो । यस सन्दर्भमा काठमाडौंलाई कुवेतसँग सीधा जोड्ने नेपालको पहिलो वायुसेवा कम्पनी बन्न सफल भएको कम्पनीको भनाइ छ । यो उडान सञ्चालनमा आएपछि रोजगारी, व्यापार र पर्यटनका लागि दुवै देशका यात्रुहरूको आवतजावतमा थप सहजता प्रदान हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

 यस अवसरमा कम्पनीका प्रशासनिक उपाध्यक्ष विजय श्रेष्ठले हिमालय एयरलाइन्स यात्रुहरूलाई प्रभावकारी अन्तर्राष्ट्रिय हवाई सेवा उपलब्ध गराउँदै आएको प्रगतिशील वायुसेवा कम्पनी रहेको बताए । काठमाडौं–कुवेत–काठमाडौं सेक्टरको सुरुवात पनि सोही भावनाअनुरूप गरेको उनको भनाइ थियो । 
 

ad
ad