निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १६ आइतबार
  • Sunday, 02 October, 2022
नयाँ पत्रिका काठमाडौँ
२०७९ असार ३२ शनिबार १९:४०:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सुडानमा जातीय दंगा : ३१ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ असार ३२ शनिबार १९:४०:००

सुडानमा भएको जातीय दंगाका क्रममा शुक्रबार कम्तीमा ३१ जनाको मृत्यु भएको छ। देशको ब्लु नाइल प्रदेशमा घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन्।

देशका केही ठाउँमा जातीय दंगा भएका छन्, ती घटनामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने अरू ३९ जना घाइते भएका छन्, सुरक्षा समितिले जारी गरेको वक्तव्यमा लेखिएको छ। झडपका क्रममा १६ पसल क्षतिग्रस्त भएको पनि अधिकारीहरूले जानकारी दिएका छन्। सुरक्षाकर्मीहरूले परिस्थिति नियन्त्रणमा लिइसकेका छन् भने केही शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरेका छन्।  

सुरक्षा समितिले घटनास्थलमा कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यु लगाइएको क्षेत्रमा हिँड्डुल गर्न, भिडभाड गर्न निषेध गरिएको छ। ब्लु नाइल प्रदेशअन्तर्गत पर्ने अल डामाजिन र अल रुसाइरिजमा स्थानीय समयअनुसार बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म कफ्‌र्यु आदेश जारी गरिएको हो।

स्थानीय बेर्टी र हौसा जातीय समूहका बीचमा झडप भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उनीहरूले विभिन्न हतियारको प्रयोग गरेका थिए। अफ्रिकी मुलुक सुडानको पूर्वी क्षेत्रमा पर्ने ब्लु नाइल प्रदेश इथियोपियाको सीमा क्षेत्र हो। सुडानमा लामो समयदेखि विभिन्न आन्तरिक द्वन्द्व तथा राजनीतिक संकट छ।