१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार o६:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कुमारी क्यापिटल बन्यो अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o६:१३:oo

कुमारी क्यापिटल लिमिटेडले अजोड इन्स्योरेन्स लिमिटेडको सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्ने भएको छ । सेयर रजिस्ट्रार नियुक्तसम्बन्धी सम्झौतामा क्यापिटलका अश्विनबाबु श्रेष्ठ र इन्स्योरेन्सका कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका हुन् । 

सम्झौतासँगै धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरधनीहरूको लगत अद्यावधिक गरिराख्नेसम्बन्धी सम्पूर्ण कार्यहरू नक्सालमा रहेको कुमारी क्यापिटलले गर्ने, नागपोखरी, नक्साल, काठमाडौंमार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।

अजोड इन्स्योरेन्स लिमिटेडकोे सम्पूर्ण तथ्यांक क्यापिटललाई प्राप्त नभइसकेकाले आधिकारिक रूपमा सेवा प्रारम्भ भएपश्चात् सार्वजनिक सूचना जारी गर्ने कम्पनीले जनाएको छ ।

ad
ad