१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o६:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

महाराजगन्जमा सबै महिला कर्मचारी भएको एनसेल सेन्टर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:o९:oo

एनसेल आजियाटा लिमिटेडले महाराजगन्जमा सम्पूर्ण रूपमा महिला कर्मचारीद्वारा सञ्चालित एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ । लैंगिक समानताको हिसाबले समाजमा महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने विश्वाससहित कम्पनीले महिला कर्मचारीहरूद्वारा व्यवस्थापन तथा सञ्चालन गर्ने गरी सेवा केन्द्र खोलेको हो । 

एनसेलले यो पहल तथा अवधारणा कम्पनीले महिला सशक्तीकरण, लैंगिक समानता र समुदाय विकासका लागि दाबी गरेको छ । यसका साथै यो अवधारणा कम्पनीको विविधता, समानता र समावेशिता (डिइआई) मिसनअनुरूप रहेको जनाइएको छ । कम्पनीकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहालले यसअघि टेलिकम क्षेत्रमा ग्राहक सेवामा धेरैजसो पुरुषको सहभागिता रहने गरेको बताइन् । उनले भनिन्, ‘विगत तीन–चार वर्षमा यस क्षेत्रमा लैंगिक समानताका लागि निरन्तर प्रयास भएका छन् । दूरसञ्चार क्षेत्रमा सेवा दिने परिप्रेक्ष्यमा हेर्ने हो भने ग्राहक सेवा र अनुभवका हिसाबले राम्रै विकास भएको छ । लैंगिक समानताले मात्र व्यवसाय थप सुदृढ हुन सम्भव छ ।’

यो एनसेल सेन्टर सञ्चालनमा ल्याइएको अवसर पारेर कम्पनीले एक हप्ताको विशेष अफर ल्याएको छ । योजनाअनुसार यस सेन्टरबाट गरिने प्रत्येक ५० रुपैयाँको रिचार्जबराबर ग्राहकले २० रुपैयाँको रिचार्ज कार्ड बोनसस्वरूप प्राप्त गर्ने जनाइएको छ । धेरै रकमको रिचार्ज गर्दा ५० ले भाग गरेर त्यसैअनुसार बोनसस्वरूप प्राप्त हुने २० रुपैयाँ दरको रिचार्ज कार्डको संख्या पनि बढी हुने कम्पनीको भनाइ छ ।  कम्पनीले ग्राहकको आवश्यकताअनुसार सेवा प्रदान गर्ने उद्देश्यले देशभरि ३१ एनसेल सेन्टरबाट सेवा दिइरहेको जनाएको छ । 

ad
ad