१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २९ बुधबार
  • Sunday, 11 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार २९ बुधबार १९:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय तह चुनावको परिणामका आधारमा गठबन्धन गर्नुपर्ने कांग्रेस केन्द्रीय सदस्यहरूको धारणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार २९ बुधबार १९:४८:oo

नेपाली कांग्रेसको केन्द्रीय समितिको आजको बैठकमा आगामी दिनमा स्थानीय निर्वाचनको नतिजालाई ध्यानमा राखेर गठबन्धन कायम गर्नुपर्ने माग उठेको छ ।  कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूले यस्तो धारणा राखेको बताएका हुन् । 

प्रवक्ता महतले बिहीबार बाँकी केन्द्रीय सदस्य र पदाधिकारीले बोलेपछि पार्टीले यसबारे निष्कर्ष निकाल्ने बताए । ‘आजको बैठकमा धेरै साथीहरूले बोल्नुभयो । समग्रमा गठबन्धनलाई निरन्तरता दिनुपर्ने आवश्यकताका बारेमा अधिकांश साथीहरूले आफ्नो धारणा राख्नुभएको छ,’ उनले भने, ‘आउने समयमा गठबन्धनमा जाँदा स्थानीय निकायको अनुभवलाई मध्यनजर राखेर, जनाधारलाई मध्यनजर राखेर गठबन्धनलाई अघि लैजानुपर्छ भन्ने साथीहरूको भनाइ रह्यो ।'

प्रवक्ता महतले पार्टीको भ्रातृ संरचना र संगठनहरूलाई पूर्णता दिने र आगामी प्रदेश र संघको निर्वाचनका लागि नयाँ अभियान सुरु गर्नुपर्ने धारणा पनि बैठकमा उठेको बताए । महतका अनुसार पार्टीभित्रका असन्तुष्टिहरू, सरकारका एकवर्षे कार्यप्रगति तथा महँगी, मूल्यवृद्धि, मलखादको अभावलगायत विषयमा सरकार गम्भीर बनेर आगामी निर्वाचन लक्षित हुनुपर्ने धारणा अधिकांश केन्द्रीय सदस्यले राखेका थिए ।